एनआइटी राभाङला एनआइटीका  विद्यार्थीहरूको दाहिने सोच ‘उद्गम साँस्कृति उत्सव’

Girl in a jacket

गान्तोक, 21 अप्रेल।  देशभरिको अधिकांश शैक्षिक संस्थानहरूमा देब्रे विचारधाराले प्रभावित बनेर विद्यार्थीहरूले आत्म स्वतन्त्रताको मूल्यलाई अघि ल्याएर वकालती गरिरहेको बेला दक्षिण सिक्किमको राभाङलास्थित राष्ट्रीय तकनिकी संस्थान (एनआइटी) का विद्यार्थीहरूले राष्ट्रिय अखण्डता साँस्कृतिक एकता अनि भारतीय सँस्कृतिको आधारमा सबै एक भन्ने धारणालाई स्थापित गर्ने प्रयास थालेको छ। यसैक्रममा भारतीयहरू एक रहेको अनि सँधै एकतमामा बाँच्नुपर्छ भन्दै भारतीय सँस्कृति अखण्डताको सन्देश दिँदै आयोजन गर्न गइरहेको उद्गम साँस्कृतिक उत्सवको पूर्व तयारीमा राजधानी गान्तोकको एमजी मार्गमा फ्ल्यासमोब आयोजन गरेर प्रचार प्रसार गरे।

फ्ल्यासमोबमा नेपाली समेत विभिन्न भारतीय भाषाका गीत र नृत्य प्रस्तुत गर्नका साथै राष्ट्रियताको सन्देश दिनको निम्ति एउटा स्कीट पनि प्रदर्शन गरेको थियो। लगभग 50 विद्यार्थीहरूको उपस्थितिमा आयोजित प्ल्यासमोब आगामी 28 देखि  30 अप्रेलसम्म राभाङलाङको एनआइटी क्याम्पसमा आयोजन हुने मुख्य कार्यक्रमको प्रचार गर्नु रहेको विद्यार्थी प्रतिनिधि मनञ्जय रोयले बताए। उनले दिएको जानकारी अनुसार आगामी 30 अप्रेलसम्म विविधतामा एकताको सन्देश दिने राष्ट्रवादी सोचको उद्गमलाई स्थापित गर्ने प्रयासमा विद्यार्थीहरूले कार्यक्रम आयोजन गर्न गइरहेको उनले बताए। देशमा अहिले देब्रे विचारधाराको प्रभाव शैक्षिक संस्थानहरूमा हाबी बनिरहेको अवस्थामा बन्देमातरम सहितको राष्ट्रवादी भारतीय सोचलाई सर्वोपरि मानेर विद्यार्थीहरूले आयोजन गर्न गइरहेको यो उत्सवले राष्ट्रको निम्ति फरक सन्देश र फरक सोच दिने पनि निश्चित रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया