दार्जीलिङ विधानसभा उपचुनाउ:गोरामुमो, गोजमुमो, भाजपा र क्रामाकपाको गठबन्धन टुट्न नदिन  हुँदैछ कसरत

कालेबुङ, 25 मई: गोरामुमो, गोजमुमो(विमलपक्ष), भाजपा अनि क्रामाकपाले लोकसभा चुनाउको गठबन्धनलाई दार्जीलिङ विधानसभाको उपचुनाउमा पनि टुट्न नदिन हरसम्भव प्रयास गरिरहेको छ। आगामी 19 मईका दिन सम्पन्न हुन गइरहेको दार्जालिङ विधानसभाको उपचुनाउमा प्रमुख रूपमा यी चारवटै दलले मिलेर चुनाउ लड्ने दिशामा प्रयास गरिरहेको भएपनि अहिसम्म यसबारे निष्कर्षमा पुग्न सकेको छैन।

‘यसपालि पहाडको जातीय स्वाभिमानको लागि, माटोको लागि धैरैवटा ठूलो राजनैतिक दलहरू एक भएको छ’-गोजमुमो विमल गुरुङपक्षका प्रवक्ता बीबी बजगाईँले सिलगडीमा पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘गत लोकसभा चुनाउमा पनि गोजमुमो, भाजपा, गोरामुमो अनि क्रामाकपा लगयतका अन्य दलहरू सँगै मिलेर चुनाउ लडेको हो। यो मेलमिलापलाई जनताले पनि नटुटोस् भन्न चाहेको छ।’

बजगाईंका अनुसार यी राजनैतिक दलहरूले संयुक्त रूपमा चुनाउ लडोस् भन्ने जनताको पनि चाहना छ। उनीहरू पनि फुटेर अलग-अलग चुनाउ लड्न चाहँदैनन्। यसैले उम्मेद्वारितालाई लिएर दुईतीन चार दिनदेखि उनीहरूको धाराबाहिक बैठक चलिरहेको छ।

‘यसपालि हाम्रो लागी शुभखबर पनि छ कि विनय तामाङ आफै उम्मेद्वार भएर आएका छन्’-बजगाईँले भने, ‘पहाडमा विनय तामाङको जनाधार छैन भनेर देखाउनका निम्ति यो ठूलो अवसर पनि हो।’

उनले जनतालाई राम्रो सेवा पुऱ्याउनसक्ने अनि पहाडको आकांक्षालाई पनी काँधमा बोक्ने व्यक्तिलाई नै उम्मेद्वार बनाइने दावी गर्दै जनतालाई निश्चिन्त रहन आह्वान गरे।

उनले लोकसभा चुनाउ मात्र होइन विधानसभा उपचुनाउ पनि जित्ने दावी गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया