संरक्षणको अभावमा त्रिवेणीले गुमाउँदैछ लोकप्रियता:धार्मिक पर्यटकीय स्थललाई जोगाइराख्न आह्वान

कालेबुङ, 27 मई:  धार्मिक पर्यटकीय केन्द्रको रूपमा प्रसिद्ध टिस्टा त्रिवेणीको संगमस्थल त्रिवेनीले विस्तारै आफ्नो लोकप्रियता गुमाउँदै गइरहेको छ। क्षेत्रको संरक्षण र सम्बर्द्धनको अभाव त्रिणेनी बिरानो बन्दै गएको हो।

दागोपापकै समयमा त्रिवेनीमा बनाइएको टुरिस्ट लजको सोचनीय अवस्था अनि क्षेत्रमा पूर्वाधारहरूको अभावको कारण त्रिवेणीले आफ्नो लोकप्रियता गुमाउँदै गएकोमा स्थानीय युवा जागृति परिवारले चिन्ता व्यक्त गरेको छ।

परिवारका पक्षमा बोल्दै स्थानीय विमल राईले धार्मिक अनि पर्यटकीय दृषिकोणबाट प्रसिद्ध त्रिवेणीको संरक्षण र सम्बरद्धका निम्ति क्षेत्रीय प्रशासनलाई पहल गरिदिन आह्वान गरेका छन्।

मुख्य गरेर त्रिवेणी पर्यटकहरूको रोजाइएको केन्द्रमध्येका एक रहेका कारण केही समयअघिसम्म यहाँ पर्यटकहरूको भीड लाग्नेगर्थ्यो। तर अहिले यहाँ असमाजिक तत्वहरूको रगरगी धेर हुनेगरेको युवा जागृति परिवारको आरोप छ। यस क्षेत्रमा अहिले नशालु पदार्थ अनि मादक पदार्थ सेवन गर्ने युवाहरू अनि  अन्य युवा-युवतीको प्रेमलापको अड्डा मात्र बनिरहेकोमा परिवारको चिन्ता हो। यसरी नै दागोपापकालमा स्थापना भएको टुरिस्ट लज अहिले बेहाल अवस्थामा पुगिसकेको कारण विभागले लजको पनि उचित रखरखाव गर्न परिवारले आग्रह गरेको छ। यदि विभागले अघि आएर क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्नसके त्रिवेणी धार्मिक पर्यकीय स्थलको रूपमा दह्रोगरी स्थापित हुने कुरामा कुनै शङ्का नरहेको परिवारको भनाइ छ। यसैले यसको संरक्षण सम्बर्द्धन हुनुपर्ने अनिवार्यता बुँझाउँदै सम्बन्धित विभागबाट पहलको माग गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया