बाईक दुर्घटनामा युवकको मृत्यु

कालेबुङ, 27 अप्रेल: राष्ट्रिय राजमार्ग-10 अन्तर्गत तारखोलामा बाइक दुर्घटनामा परेर 42 वर्षिय युवकको मृत्यु भएको छ। बाइकमा सवार भएर साङ्सेदेखि रम्फूसम्म गइरहेको समय  दुर्घटनामा परेर साङ्से योग्दा निवासी पूर्ण बहादुर राई(42)को ज्यान गएको हो।

घटना अनुसार डब्ल्यूबी 79-1617 नम्बर भएको इनफिल्ड बाइकमा सवार भएर पूर्ण बहादुर राई अनि उनका साथी रम्फूतर्फ गइरहेका थिए। बाइक पूर्ण बहादुर स्वयंले नै चलाइरहेका थिए। यसैबीच तारखोला आइपुग्दा एउटा गाडीलाई ओभरटेक गर्नखोज्दा विपतरित दिशाबाट अचानक आएको बाहनबाट बाँच्नखोज्दा बाइक दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परेर पूर्ण बहादुर रईको टाउको कङ्क्रिटको नालीमा ठोक्किएको कारण घटनास्थलमा नै उनको मृत्यु भएको रम्फू पुलिससूत्रले जनाएको छ। बाइक चलाउँदा हेलमेट नलगाएको कारण उनले घटनास्थलमा नै ज्यान गुमाउनपरेको पुलिस सूत्रको भनाइ छ। उनको शवलाई कालेबुङ जिल्ला अस्पतालमा पोष्टमर्टमपछि परिवारपक्षलाई सुम्पिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया