ग्रेट खली बन्यो तृणमूललाई ‘टेन्सन’

हाजराले आफूले खलीलाई निम्तो गरेको बताए। ‘ग्रेट खलीको रेस्लिङ प्रतियोगिता चलिरहेको थियो,’ हाजराले भने, ‘उनी प्रतियोगिता छोडेर मेरो प्रचारप्रसारको लागि आएका हुन्।’


कोलकाता, 28 अप्रेल


डब्ल्यू डब्ल्यू इ फेम द ग्रेट खली उर्फ दिलीप सिंह राणाले  26 अप्रेल जादवपुर लोकसभा क्षेत्रका भाजपा उम्मेदवार अनुपम हाजराको पक्षमा चुनाव प्रचार गरेपछि तृणमूल काङ्ग्रेसमा टेस्नसन बढेको छ।

हाजराले नामाङ्कन दर्ता गर्दा खली अलिपुर जिल्ला मुख्यालयमा नै उपस्थित थिए। खलीले प्रचार गरेको तृणमूललाई मन परेन।

तृणमूल अनुसार खली विदेशी नागरिक हुन्। विदेशी नागरिकले भाजपाको पक्षमा प्रचार गर्नु सही होइन। यसै गुनासो लिएर तृणमूल चुनाउ आयोग पुग्यो।
हाजरा पहिले तृणमूल काङ्ग्रेसका सांसद थिए। चुनाउ अघि उनी भाजपामा गए। भाजपाले तृणमूल काङ्ग्रेसका फिल्म अभिनेत्री उम्मेदवार मिमी चक्रवर्तीविरुद्ध उम्मेदवार बनाइदियो।

‘अनुपम हाजरा मेरो सानो भाइ हो। उनलाई धेरैभन्दा धेरै भोट दिएर जिताउनु होला,’ खलीले प्रचारक्रममा भनेका थिए, ‘हाजराले स्थानीय समस्या संसद पुऱ्याउनेछन्। नरेन्द्र मोदीलाई फेरि पनि जिताउनुहोला। मोदीले विश्वमा भारतको नाम उचो राखेका छन्।’

हाजराले आफूले खलीलाई निम्तो गरेको बताए। ‘ग्रेट खलीको रेस्लिङ प्रतियोगिता चलिरहेको थियो,’ हाजराले भने, ‘उनी प्रतियोगिता छोडेर मेरो प्रचारप्रसारको लागि आएका हुन्।’

यता तृणमूल काङ्ग्रेसले चुनाव आयोगलाई पत्र लेखेको छ। पत्रमा भनिएको छ, खलीसित युएसको नागरिकता छ। एक विदेशीले भारतीय वोटर्सबीच प्रचार गर्न मिल्दैन।

यता खली हाजराको पक्षमा भएको रोड शोमा सामेल बने। उनलाई हेर्न मानिसहरूको भीड जमेको थियो।  ग्रेट खली खुली जिपमा सवार बनेका थिए। गेरुआ कुर्तापट्टा लगाएका खलीले रोड शोमा सबैभन्दा अघि हिँडेका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया