डम्पिङ आगोमा षडयन्त्र

प्रधानले आगो लागेपछि निभाउन गाउँलेले मागेअनुसार  6 जनालाई प्रति व्यक्ति १,५०० रुपियाँ गरेर दिनमा मोठ ९ हजार रुपियाँ र 13 बन्डल पाइप दिइसकेको छ। यद्धपि, आगो निभेको छैन। यसैले उनलाई आगोमा व्यापक षडयन्त्र रहेको भनक लागेको हो। ‘नगरपालिका बोर्डको कामबाट कसैलाई जलन  छ। त्यसैले कूटनीति गरेर बोर्डलाई बदनाम गर्ने कोसिस भइरहेको छ,’ प्रधानले भने।


कालेबुङ, 28 अप्रेल


कालेबुङ नगरपालिका अध्यक्ष रवि प्रधानले 12 अप्रेलको दिन डम्पिङ ग्राउण्डमा लागेको आगोमा व्यापक षडयन्त्र रहेको आरोप लगाएका छन्।

आगो लाग्ने वित्तिकै नगरपालिकाले लगभग 38 हजार लिटर पानी ट्याङ्करबाट खन्यायो। दमकल पनि लगायो। बिचबिचमा झरी पनि पऱ्यो। त्यसपछि पनि चारपल्ट त दमकल नै लगायो तरै पनि आगो निभेको छैन।

यही घटनापछि नगरपालिका अध्यक्षले शङ्का जाहेर गरेका छन्। ‘यति गर्दा पनि आगो ननिभ्नु, यसमा कहीँ कतै कुनै न कुनै गडबढी छ,’ प्रधानले भने।

डम्पिङ ग्राउण्डमा आगो लागेपछि गाउँलेहरूले नगरपालिकालाई डम्पिङमा मैला फ्याँक्न दिइरहेको छैन। नगरमा कुचैला बढेको बढेकै छ, फ्याँक्ने ठाउँ भने छैन। नगरपालिकका सेनेटरी इन्स्पेक्टर सञ्जय प्रधान एवं डा. एसडी जिम्बालगायत अन्य पार्षदहरूले बारम्बार डम्पिङको निरिक्षण गरिरहेका छन्।

नगरपालिकाले मैला उठाउने गाडी राख्ने गोदाममा मैला उठाएर राखेको छ। दुइवटा वाहनमा मैला भर्ती छ। तर फ्याँक्ने ठाउँ नै छैन।  यता दलमान गाउँस्थित डम्पिङ ग्राउण्ड अन्यत्र सार्ने प्रक्रिया नगरपालिकाले शुरु गरेको छ। रवि प्रधान, उपाध्यक्ष भीम अग्रवालको टोलीले कुचबिहार पुगेर बन मन्त्री बिनय कृष्णा बर्मनसित  नगरपालिका क्षेत्रको ८ ऐकर जमिन लगेर सट्टामा फरेस्टमा मैला फ्याँक्ने जमिन दिलाउन् भन्दै ज्ञापन पनि चढाएको छ।

प्रधानले आगो लागेपछि निभाउन गाउँलेले मागेअनुसार  6 जनालाई प्रति व्यक्ति १,५०० रुपियाँ गरेर दिनमा मोठ ९ हजार रुपियाँ र 13 बन्डल पाइप दिइसकेको छ। यद्धपि, आगो निभेको छैन। यसैले उनलाई आगोमा व्यापक षडयन्त्र रहेको भनक लागेको हो।

‘नगरपालिका बोर्डको कामबाट कसैलाई जलन  छ। त्यसैले कूटनीति गरेर बोर्डलाई बदनाम गर्ने कोसिस भइरहेको छ,’ प्रधानले भने।

उनले नगरपालिकाले मैला जलाउने मिसिन किन्ने योजना बनाएको जनाएका छन्। एक पार्षदलाई यसको लागि दक्षिण भारत पठाइएको छ। मसिनको लागि जिटिएलाई आर्थिक सहयोगको लागि अपील गरिएको छ।

‘मसिन आयो भने ७० % मैलाको समस्या सामाधान हुन्छ,’ उनले भने, ‘एक महिनाभित्र मिसिन ल्याउने सोचेका छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया