स्वराज थापा क्रामाकपाको लागि वैकल्पिक उम्मेदवार: थापा गोर्खाल्याण्ड आन्दोलनका लागि अनुभवी व्यक्ति हुन्-क्रामाकपा

‘क्रामाकपाले आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन गर्ने घोषणा गरेको छ। उनी योग्य र एक राजनीतिक पार्टीसँग संलग्न रहेर  गोर्खाल्याण्ड आन्दोलका लागि आन्दोलन गरेका अनुभवी व्यक्ति हुन्,’ क्रामाकपा नेता किशोर प्रधानले संवाद माध्यमलाई भनेका छन्, ‘उनी दार्जीलिङ पहाड़मा सफा र स्वच्छ राजनीतिको पक्षमा छन्। यसैले हामीले उनलाई समर्थन गर्ने निर्ण गरेका हौं।’


सिलगढी, 29 अप्रेल


क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पहाडमा तेस्रो शक्तिलाई सङ्गठित गर्ने भन्दै आफूहरूले चाहेको उम्मेदवारको नाम आज घोषणा गर्ने भएको थियो। क्रामाकपाको यस्तो वयानपछि विभिन्न अनुमानहरू लगाइँदै थियो। सबैको अनुमानलाई लोप्पा खुवाउँदै क्रामाकपाले स्वराज थापालाई आफूहरूको उम्मेदवारकोरूपमा घोषणा गरेको छ।

स्वराज थापा क्रामाकपाको लागि वैकल्पिक उम्मेदवार हुन्। थापाले लोकसभा चुनाउमा पनि उम्मेदवारिता दिने भनिएको थियो। पछिबाट उनले आफ्नो उम्मेदरिता फिर्ता लिए।

क्रामाकपाले लोकसभा चुनाउमा गोरामुमो र गोजमुमो गठबन्धनमा भाजपाले दिएको उम्मेदवार राजु विष्टलाई समर्थन गरेको थियो। विधानसभा उपचुनाउमा भने यसो गरेन। लोकसभामाजस्तै  विधानसभा चुनाउमा पनि गोजमुमो-गोरामुमोले भाजपाकै उम्मेदवारकोरूपमा गोरामुमो प्रवक्ता निरज जिम्बालाई उम्मेदवार बनाएको छ।

तर क्रामाकपालाई यो उम्मेदवार क्षेत्रीय राजनैतिक वर्चस्वको सवालमा सही लागेन। यता गोजमुमो-2 बाट विनय तामाङ उम्मेदवार छन्। जन आन्दोलन पार्टीबाट अमर लामा पनि मैदानमा छन्। यता भाजपाबाट निरज जिम्बा छँदैछन्। निर्दलीयबाट स्वराज थापा पनि उठेका छन्।

थापा गोजमुमो विमल समूहमा थिए। तर राजु विष्टलाई आफ्नो दलले समर्थन गरेपछि उनी पार्टीबाट निस्किए र आफूलाई लोकसभा चुनाउमा निर्दलीय उम्मेदवारकोरूपमा घोषणा गरे। पछिबाट उनले उम्मेदारिता फिर्ता लिए पनि उपचुनाउमा भने फेरि उनी चुनाउ लडिरहेका छन्। स्वराज थापालाई उम्मेदवार स्वीकारेर यता क्रामाकपाले दार्जीलिङ पहाड़मा वैकल्पिक शक्ति निर्माण गर्ने पहल शुरु गरेको बताएको छ।

‘क्रामाकपाले आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन गर्ने घोषणा गरेको छ। उनी योग्य र एक राजनीतिक पार्टीसँग संलग्न रहेर  गोर्खाल्याण्ड आन्दोलका लागि आन्दोलन गरेका अनुभवी व्यक्ति हुन्,’ क्रामाकपा नेता किशोर प्रधानले संवाद माध्यमलाई भनेका छन्, ‘उनी दार्जीलिङ पहाड़मा सफा र स्वच्छ राजनीतिको पक्षमा छन्। यसैले हामीले उनलाई समर्थन गर्ने निर्ण गरेका हौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया