जाति बिच्ने विरुद्ध जिम्बालाई भोट : विनय र अनित नाम कुकुरको पनि राख्नु हुँदैन-विमल

‘उनीहरू जाति बेच्नेहरू हुन्, विनय त अनित कुकुरको नाम पनि राख्नु हुँदैन, कुकुरले सराप पाउँछ,’ गुरुङले भने, ‘भाइ बहिनीहरूलाई मताएर दङ्गा फसाद गर्न लाउँदैछन्। ठेकेदारहरूलाई डर देखाएर पैसा माग्दैछन्। तर कोही पनि नडराउनुहोस् उनीहरूको चुरीफुरी 23 तारिकसम्म मात्र हो।’


सिलगढी, 29 अप्रेल


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले दार्जीलिङको भविष्य ममता व्यानर्जीको हातमा बेच्नेहरूको विरुद्ध भाजपा उम्मेदवार निरज जिम्बालाई जिताउने आह्वान गरेका छन्।

दार्जीलिङमा विधानसभा उपचुनाउको हावा गर्मिएको छ। यस्तोमा विमल गुरुङले भाजपा उम्मेदवार निरज जिम्बाको पक्षमा मत माग्दै भिडियो सार्वजनिक गरेका छन्। उनले पहाडका जनतालाई सबै कुरा थाहा भए पनि बङ्गालको शोषण र जातिको सपनालाई व्यापार गरेर पेट पाल्नेहरू विरुद्ध जिम्बालाई मत दिने जनतामा आह्वान गरेका छन्।

‘जसरी सबै मिलेर राजु विष्टलाई भारी मत प्रदान गऱ्यौं। उसरी नै निरज जिम्बालाई पनि प्रदान गरौं,’ गुरुङले भनेका छन्, ‘विनय तामाङहरूको चुरीफुरी 23 तारिकसम्म मात्र हो। त्यसपछि उनीरूले जनतामा आफ्नो मुख देखाउन सक्ने छैनन्।’

गुरुङले विनय तामाङ अनि अनित थापामाथि आक्रोस पोख्दै कुकुरको नामसमेत विनय र अनित राख्न नहुने बताएका छन्। ‘उनीहरू जाति बेच्नेहरू हुन्, विनय र अनित कुकुरको नाम पनि राख्नु हुँदैन, कुकुरले सराप पाउँछ,’ गुरुङले भने, ‘भाइ बहिनीहरूलाई मताएर दङ्गा फसाद गर्न लाउँदैछन्। ठेकेदारहरूलाई डर देखाएर पैसा माग्दैछन्। तर कोही पनि नडराउनुहोस् उनीहरूको चुरीफुरी 23 तारिकसम्म मात्र हो।’

गुरुङले तृणमूल काङ्ग्रेसका नेताहरूलाई पनि आह्वान गरेका छन्। ‘तृणमूलका शारदा, खवास, विन्नी शर्माहरू जसले तृणमूललाई यहाँसम्म ल्याए तर विधानसभामा चाँही उनीहरू उठ्न पाएनन्। के उनीहरूको महत्व ममता व्यानर्जीलाई ज्युज्यु गर्न मात्र हो त?,’ गुरुङले भनेका छन्, ‘उनीहरू दवाब हुँदा मात्र तृणमूलमा गएका हुन् तर जातिलाई बेचेर गएका होइनन्। जाति त विनय र अनितले बेचेका हुन्। सबैले जिम्बालाई जिताएर जाति बेच्नेहरूलाई जवाब दिनुपर्छ।’

उनले सबै पार्टी, सङ्घसंस्थाले कुनै भेदभाव नराखी जिम्बालाई भोट दिने कुरामा आफू विश्वस्त रहेको पनि जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया