मजदुरको आजको सङ्गठित आवाज, भोलिको गोर्खाल्याण्डको आवाज-विमल गुरुङ

गुरुङको दाबी छ, पश्चिम बङ्गाल सरकारको पहाडप्रतिको उदासिन नीतिको कारण ‘भवन तथा अन्य निर्माणकार्य कर्मचारी कल्याण बोर्ड (एक्ट १९९६)’ -लाई पहाडमा ठीकसँग लागू गरेको छैन। यसको सञ्चालन हक पहाडलाई हस्तान्तरण नगरेको कारण मजदुरहरूको मेडिकल बीलहरू कोलकाता पठाउँदा पनि समयमा पाएका छैनन्। कतिजनाको यस्ता बीलहरू बाटैमा हराउने गरेको छ। बोर्डको पेन्सन ठीक समयमा वितरित हुनु सकेको छैन।‘यसको निम्ति हामीले सङ्गठित भएर एउटा लडाईं लडेको हुनुपर्नेछ,’ गुरुङले भनेका छन्।


सिलगढी, 1 मई


गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले विश्व मजदुर दिवसको अवसरमा पहाड, तराई अनि डुवर्सका सबै चिया बगानका, औषधी बगानका मजदुरवर्ग लगायत सङ्गठित अनि असङ्गठित क्षेत्रका सबै मजदुरहरूमा शुभकामना व्यक्त गरेका छन्। यसै अवसरमा उनले सबैसित अपील गर्दै भनेका छन्,  ‘हामीले हाम्रो हक र अधिकारको निम्ति सङ्गठित भएर आफ्नो आवाजलाई बुलन्द गरेको हुनुपर्छ। युगौंदेखि हाम्रो पुर्खाको पसिनाले सिँचेको हाम्रो चिया बगान, औषधी बगान अनि बनबस्तिको जमीनहरूमा हाम्रो मालिकाना हक पाएको हुनुपर्नेछ।’

उनले वर्तमान युगको आवश्यकता अनुसार बाँच्न सक्ने, घर परिवार चलाउन सक्ने, नानीहरूलाई उच्चस्तरीय शिक्षा दिनुसक्ने क्षमता भएको रोजदर न्युनतम ज्यालाको रूपमा पाएको हुनुपर्ने बताउँदै भनेका छन्, ‘तबमात्र मजदुरको सही सम्मान भएको म अनुभव गर्नेछु।’

गुरुङको दाबी छ, पश्चिम बङ्गाल सरकारको पहाडप्रतिको उदासिन नीतिको कारण ‘भवन तथा अन्य निर्माणकार्य कर्मचारी कल्याण बोर्ड (एक्ट १९९६)’ -लाई पहाडमा ठीकसँग लागू गरेको छैन। यसको सञ्चालन हक पहाडलाई हस्तान्तरण नगरेको कारण मजदुरहरूको मेडिकल बीलहरू कोलकाता पठाउँदा पनि समयमा पाएका छैनन्। कतिजनाको यस्ता बीलहरू बाटैमा हराउने गरेको छ। बोर्डको पेन्सन ठीक समयमा वितरित हुनु सकेको छैन।

‘यसको निम्ति हामीले सङ्गठित भएर एउटा लडाईं लडेको हुनुपर्नेछ,’ गुरुङले भनेका छन्।

यता होटल अनि रेस्टुरेन्ट कर्मचारीहरूको पनि कल्याण बोर्ड बनाइनुपर्ने उनले बताएका छन्।  ‘उनीहरूले पनि पेन्सन अनि अन्य मेडिकल सहायताहरू पाएको हुनुपर्नेछ| हामीले केवल आज मजदुर दिवसको दिन मात्र यी कुराहरू नगरेर सङ्गठित रूपमा मजदुरको हक र अधिकारको निम्ति निरन्तर सङ्घर्ष गरेको हुनुपर्छ,’  उनले भनेका छन्,  ‘मजदुरको सङ्गठित आवाज भोलि गोर्खाल्याण्डको पनि आवाज बन्न सकोस् भन्ने मेरो आन्तरिक कामना छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया