बङ्गालतिर फर्कियो फानी : राती पर्न सक्छ पहाडमा प्रभाव

सिलगढी, 3 मई


फानी आँधीले उडिस्सामा धेरै क्षति पुऱ्याएको छ। उडिस्सामा 175 किलोमिटर प्रतिघन्टाको गतिमा आँधी चलिरहेको छ। मुसलधारे झरीले  भुवनेश्वर, गङ्जम आदि जिल्लामा आतङ्क मच्चाएको छ। रुखपात ढालेर तहसनहस गरेको छ। अहिलेसम्म दुइजनाको ज्यानसमेत गइसकेको छ।

उडिस्सा र पश्चिम बङ्गाल दुवै राज्यमा आँधीतुफानबाट बच्न आपदा प्रबन्धन तैनाथ गरिएको छ। उडिस्सापछि बङ्गालमा फानीको असर शुरु भएको छ। मध्यराती बङ्गालमा आँधीको प्रभाव पर्नसक्ने बताइएको छ। पहाडमासमेत यसको प्रभाव पर्नसक्ने बताइएको छ।

अहिले पुरीमा 200 किलोमिटर प्रतिघन्टाको गतिमा आँधी चलिरहेको छ। धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा राखिएको छ। यो आँधी बङ्गाल पस्ने र दक्षिणदेखि उत्तरसम्म व्यापक प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ। मुख्यमन्त्री व्यनर्जीले सबैलाई सतर्क बसिदिने अपील गरेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया