बङ्गलादेशमा फानी : 6 को मृत्यु, 63 घाइते

बंगलाको खाडीमा केही दिनअघि सक्रिय समुद्री आँधीका कारण बंगलादेशमा शनिबार १० को मृत्यु भएको छ । बंगलादेशको विपद व्यवस्थापन मन्त्री महताब उद्दिनका अुनसार आँधीका कारण कम्तीमा ६३ घाइते छन् । स्थानीय सञ्चारमाध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० पुगेको जनाए पनि मन्त्री उद्दिनले ६ जनाको मृत्युको पुष्टि गरे । उनका अनुसार आँधीले हजार घर क्षतिग्रस्त छन् ।

बंगलादेशी अधिकारीले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत् सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । अधिकारीहरुले दसौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्‍याएका छन् ।

बंगलादेशी जलवायु विज्ञान विभागका निर्देशक समसुद्दिन अहमदले फानीको बेग निकै मत्थर भइसकेको बताए । सन् २००९ मा आइला आँधीका कारण बंगलादेशको दक्षिणपश्चिम क्षेत्रमा १ सय ७९ को ज्यान गएको थियो । ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।-कान्तिपुर
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया