लोकसभामा बुलेटको जवाब व्यालेटले दिइसकेका छौं, विधानसभामा अब पैसा र घमण्डको जवाब कमलले दिन बाँकी छ- विमल गुरुङ

विमल गुरुङले हरेक जातिप्रेमीले भित्रभित्रै काम गर्नुपर्ने, जसजसले पैसा दिन्छ चुपचाप थापेर चलाइदिने तर व्यालेटमा भने जाति र मुद्दा बेचेको जवाब दिनुपर्ने जनाउँदै भनेका छन्, ‘निरज जिम्बासित पैसा छैन तर स्वाभिमान छ। जातिप्रतिको माया छ। मुद्दा छ। हामी सबैले पैसाको राजनीति गर्ने विनय तामाङलाई जवाब दिनुपर्छ। विनय तामाङको पैसा, घमण्डको जवाब कमलको फूलमा भोट दिएर दिनुपर्छ।’


सिलगढी, 5 मई


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले यसपल्ट सचेत बनेन भने जातिलाई सङ्कट पर्ने जनाएका छन्। उनले जातिलाई सङ्कटबाट जोगाउने विकल्प नै चुनाउ रहेको भन्दै विमल गुरुङले भनेका छन्, ‘ममता व्यानर्जीले हाम्रा सन्तानको निधारमा हानेको गोलीको जवाब लोकसभा चुनाउमा व्यालेटबाट दिइसकेका छौं। अब दुइ जना जाति विरोधीहरूले पैसामा जातिलाई बेच्ने काम गरिरहेका छन्। उनीहरूको पैसा, पुलिसको ताकत र घमण्डको जवाब दिन जनता एक हुन अनिवार्य छ।’

गुरुङअनुसार विनय तामाङ र अनित थापाले जिटिए-2 मा आएको पैसा विधानसभा उपचुनाउमा खर्च गरिरहेका छन्। जनतालाई घरघरमा पैसा पुऱ्याइरहेका छन्। उनीहरूलाई पैसा बाँडेरै भए पनि जनतालाई लोभ्याउन सक्छु भन्ने अनि पैसाको बलमा नै चुनाउ जित्छु भन्ने घमण्ड छ।

पैसाको बलले चुनाउ जित्नु जनता, मुद्दा र जातिको लागि नै खतरा बन्ने जनाउँदै उनले भनेका छन्, ‘हामीले जातिको शिर ढल्ने काम गरेका छैनौं। जनताले पनि जातिको शिर ढल्न दिनु हुँदैन। जातिको शिर नढाल्नु हो भने निरज जिम्बालाई जिताउन अनिवार्य छ।’

विमल गुरुङले हरेक जातिप्रेमीले भित्रभित्रै काम गर्नुपर्ने, जसजसले पैसा दिन्छ चुपचाप थापेर चलाइदिने तर व्यालेटमा भने जाति र मुद्दा बेचेको जवाब दिनुपर्ने जनाउँदै भनेका छन्, ‘निरज जिम्बासित पैसा छैन तर स्वाभिमान छ। जातिप्रतिको माया छ। मुद्दा छ। हामी सबैले पैसाको राजनीति गर्ने विनय तामाङलाई जवाब दिनुपर्छ। विनय तामाङको पैसा, घमण्डको जवाब कमलको फूलमा भोट दिएर दिनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया