विनय तामाङको घोषणा पत्रमा 31 वटा मुद्दा, छैन गोर्खाल्याण्डको बुँदा :  भने -सबै पूरा गर्छु

‘विधानसभा गोर्खाल्याण्डको कुरा उठाउने ठाउँ होइन, यसैले घोषणा पत्रमा गोर्खाल्याण्ड हालिएन,’ उनले भने, ‘बिजुलीको बील माफी गर्नेछौं। नगरपालिका बढोत्तरी गरेर नगरनिगम बनाउने छौं। यस्ता अनेकौं मुद्दाहरू पूरा गर्नेछौं।’


दार्जीलिङ, 5 मई


निर्दलीय उम्मेदवार विनय तामाङले घोषणापत्र जारी गरेका छन्। उनको घोषणा पत्रमा 31 वटा मुद्दा छ। प्रमुख मुद्दाहरूमा पर्जापट्टा, न्युनतम रोज, दार्जीलिङको खण्ड बढोत्तरी, दुइस्तरीय पञ्चायत आदि छन्। ‘हुन त यी सबैको पहल भइसकेको छ,’ विनय तामाङले भने, ‘अहिले प्रशासनिक  प्रक्रियामा अल्झिएको छ।’

उनले 31 वटै मुद्दा पूरा गरेर देखाउने प्रतिबद्धता पनि प्रकट गरेका छन्। तृणमूल र गोजमुमो-2 ले चिया श्रमिकहरूको 105 दिनको क्षतिपूर्ति दिलाउनेबारे काम गरिसकेको र पैसासमेत आइसकेको बताए।

‘जुलाई महिनामा राशि श्रमिकहरूलाई बाँड्नेछौं,’ उनले भने। यता दार्जीलिङ जिल्लाका 8 खण्डलाई बढाएर 12 वटा बनाउनेर त्यसपछि दुइस्तरीय पञ्चायत चुनाउ हुने जनाए। उनले सिक्किम र दार्जीलिङबीच वैकल्पिक सडक बनाउने पनि बताए।

‘विधानसभा गोर्खाल्याण्डको कुरा उठाउने ठाउँ होइन, यसैले घोषणा पत्रमा गोर्खाल्याण्ड हालिएन,’ उनले भने, ‘बिजुलीको बील माफी गर्नेछौं। नगरपालिका बढोत्तरी गरेर नगरनिगम बनाउने छौं। यस्ता अनेकौं मुद्दाहरू पूरा गर्नेछौं।’

घोषणापत्रमा ग्रामीण सडक बनाउने, पानीको समस्या पूरा गर्ने, बिजनबारीलाई  महकुमा बनाउने, सुकेपोखरी र सोनादालाई नगरपालिका बनाउने, स्कूल सर्विस कमिसन गठन गर्ने, सब अर्डिनेट सिलेक्सन बोर्डको गठन गर्ने, जिटिएलाई करमुक्त क्षेत्र बनाउने, दार्जीलिङमा आईटी पार्क बनाउनेजस्ता मुद्दाहरू पनि उल्लेख छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया