फानीमा राजनीति : फोनमा पनि ‘रिस’

सिलगढी, 6 मई


प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम बङ्गालको ‘फानी’-आतङ्कको रिपोर्ट लिन चाहन्थे। प्रधानमन्त्री फोनमा बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जीसित यसबारे सोधीखोजी गर्न चाहन्थे।

‘फोन लाग्यो तर कुनै जवाब आएन,’ एक अधिकारीले भने, ‘अर्कोपल्ट पनि फोन लाग्यो। तर पछिबाट मुख्यमन्त्री आफ फोन गर्नुहुन्छ, उहाँ अहिले यात्रामा हुनुहुन्छ भन्ने जवाब आयो।’

प्रधानमन्त्रीलाई बङ्गालको रिपोर्ट त लिनु थियो नै। उनले राज्यपाल केशरीनाथ त्रिपाठीलाई फोन गुमाए। र रिपोर्ट लिए।

मुख्यमन्त्री ममता व्यानर्जीले त्यसअघि नरेन्द्र मोदीलाई आरोप लगाएकी थिइन्। ‘फानीबारे प्रधानमन्त्रीले बङ्गालको सोधीखोजी गरेनन्,’ उनको गुनासो थियो। गुनासो आएलगत्तै प्रधानमन्त्रीले फोन लगाए तर ‘रेस्पोन्स’ आएन।

‘रेस्पोन्स’ त भोलिपल्ट मिडियामा आयो। तृणमूल काङ्ग्रेसका महासचिव पार्थ च्याटर्जीले मिडियासित भने, ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीको साटो राज्यपालसित कुराकानी गरेर राज्यमा एक सामान्तर सरकार चलाउने कोसिस गरिरहेका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया