बाइकमा सरर, चुनाउ प्रचार

सञ्जय निरौला, बिजनबारी, 7 मई


गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ भाजपा उम्मेदवार एवं गोरामुमो प्रवक्ता निज जिम्बाको लागि चुनाउ प्रचारमा उत्रिए।

यसपल्टको चुनाउ प्रचारको स्टाइल अलिक फरक थियो। दार्जीलिङबाट उनी दलबलसहित निस्किएका घिसिङ 11 बजी त सिक्किमको सिमानामा स्थित सिङला बजार पुगिसकेका थिए। यति छिटो उनी पुग्नु कारण थियो बाइक। उनी बाइकमा दलबलसहित चुनाउ प्रचारमा निस्किएका हुन्।

बाइकमानै उनी गोक, रङदु, नेजी, पदेङ हुँदै कोलबुङ पुगे। जहाँ उनले स्थानीय कार्यकताहरुसँग भलाकुसारी गरे। त्यसपछि लिङतेन, सिरिसे, बडारे हुँदै कैंजले पुगे। निरज जिम्बाको नामाङ्कन पत्र भरी फर्किँदा तकभरमा घाइते भएका मन बहादुर गुरुङलको घरैमा पुगे। त्यसपछि उनी बलगाउँ, लामागाउँ, खोलाघारी हुँदै बिहीबारे रेलिङ भएर २०१७ सालको गोर्खाल्यान्ड आन्दोलनमा सहिद बनेका महेश गुरुङको परिवारलाई भेट्न  अप्पर रेलिङ गुम्बाटारमा पुगे। त्यसपछि रेलिङ हुँदै बिजनबारी पुगे। पुलबजार भएर चुङथुङ लिजाहिल हुँदै मेरीबोङ भएर दार्जीलिङ फर्किए।

ऱ्यालीमा उनलाई पुल बिजनबारी समष्टि तथा रिम्बिक लोधोमा समष्टिका नेतृत्वलगायत समर्थकहरुले साथ दिएका थिए। ‘आकाश र पतालमा फरक पर्नेछ,’ उनले भने, ‘निरज जिम्बाले भोट जित्नेछन्।’

रिम्बिक लोधोमा समष्टि सभापति सन्दिप लिम्बुले पनि यही ठहर गरे।  उनीअनुसार घिसिङले आज कुनै औपचारिक पथसभाहरु गरेनन्।  विभिन्न स्थानका कार्यकताहरुलाई भेटे। कुराकानी गरे र फर्किए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया