सङ्कल्पको ‘मायाको मोल’ बजारमा

दार्जीलिङ, 8 मई


मूलडाँड़ास्थित भैरूङ बाबा शिवधाममा सविता सङ्कल्पको श्रव्य अनि दृश्य गीत ‘मायाको मोल’-को लोकार्पण गरिएको छ।
भाषा-साहित्यप्रेमी, पत्रकार एवम् गीतकार सविता सङ्कल्पको आजपर्यन्त धेरै चलचित्रका टाइटल गीतलगायत अन्य गीति एल्बमहरूमा शब्दहरू परिसकेका छन्।  लोकार्पित श्रृव्य अनि दृश्य एल्बमका गीति लोकार्पण दार्जीलिङका प्रतिष्ठ गायिका सोनु राईको प्रमुख आतिथ्य, सर्जक सुमित्रा अविरल, वरदान समूहका प्रतिनिधि क्रमैले सविता साहारा, भारती प्रधान अनि सविता बीके, कल्पना राई, सरस्वती शर्मा, निर्मला थामी, सुवर्ण छेत्रीको उपस्थितिमा गरिएको छ।

मिरभ डिजिटल रेकडिङ स्टुडियोद्वारा निर्मित गीति एल्बम ‘मायाको मोल’-का गीतकार सविता सङ्कल्प हुन्।  गायक, सङ्गीतकार सौरभ मधुर राई हुन् भने  वाद्य वादक प्रशान्त खवास, सुमन लामिछाने, रोयल खाती रहेका छन्। समूह गायनमा मनिषा राई अनि श्रेया रावलले साथ दिएका छन्।

‘मायाको मोल’- गीतको सम्पूर्ण शुटिङ रागारूङ एक्स्प्लोरर्स क्लब होमस्टेमा गरिएको छ भने गीति एल्बमको सफलतासम्म आइपुग्नलाई विशेष सर्जक सरस्वती शर्मा, होमस्टेका प्रतिनिधि एवं पत्रकार छिरिङ शेर्पालगायत होमस्टे परिवारप्रति कृतज्ञ रहेको गीतकार सविता सङ्कल्पले बताए।

श्रव्य अनि दृश्य एल्बमको लोकार्पणलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनु राईले गीतकार सङ्कल्प, गायक सौरभ मुधर राईलगायत सबैप्रति बधाई दिँदै गीत वर्तमानको युवा परिवेशलाई विशेष रूचिकर हुने बताइन्। उक्त गीतलाई अब यूट्यूब अनि स्थानीय च्यानलहरूद्वारा पनि दर्शकहरूले रसास्वादन गर्नसकिने सुमित्रा अविरलले बताइन्। उक्त कार्यक्रममा गीत निर्माणमा विशेष सहयोग पुर्‍याउने रागारूङ एक्स्पोर्स परिवार, सर्जक सरस्वती शर्मालाई सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया