विवाद अर्थात प्रियङ्का

Girl in a jacket

बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव छाड्न सफल अभिनेत्री प्रियङ्का चोपडाको आफ्नै परिचय छ । उनले बलिउडमा केही यादगार फिल्म दिएकी छिन् । बलिउड हुँदै हलिउड प्रवेश गरेकी उनलाई बोल्ड हिरोइन मानिन्छ । अभिनय र फिल्मका साथै प्रियङ्का कैयौँपटक विवादित बयानका कारण पनि चर्चामा आउने गरेकी छिन् । वेलावेलामा ट्रोलसमेत बन्ने गरेकी उनको विवादित केही अभिव्यक्तिबारे भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रुद्राक्षमा भारतीय राष्ट्रवाद 
क्वान्टिको ३ को एक इपिसोडलाई लिएर प्रियङ्का विवादमा तानिएकी थिइन् । क्वान्टिको सिरिजमा प्रियङ्का जुन सिनलाई लिएर विवादमा तानिएकी थिइन्, त्यसमा उनले एक आतङ्कको पहिचान गरिरहेकी थिइन् । उक्त समयमा उनी भन्छिन्, ‘उसले घाँटीमा रुद्राक्ष लगाउनुपर्छ, यो पाकिस्तानी हुन सक्दैन । यो भारतीय राष्ट्रवादी हो र पाकिस्तानका विरुद्ध षड्यन्त्र गरिरहेको छ ।’
सोको त्यस इपिसोडमा भारतीयलाई आतङ्ककारी भनेकोमा मानिसहरूले खुब आलोचना गरेका थिए । इपिसोड प्रसारण भएपछि निर्माता र प्रियङ्काले माफी मागेका थिए ।

हिप्स र बुब्स सबथोक 
एकपटक प्रियङ्काको एउटा यस्तो भिडियो भाइरल भएको थियो, जसका कारण उनी विवादमा फसेकी थिइन् । भिडियोमा प्रियङ्का ६८औँ एमी अवार्डका क्रममा पत्रकारसँग कुराकानी गरिरहेकी थिइन् । त्यसमा उनले हिन्दी फिल्मको पनि मजाक उडाइरहेकी थिइन् । प्रियङ्काले भनेकी थिइन्,  ‘इन्डियन फिल्ममा हिप्स र बुब्स सकथोक हो ।’ प्रियङ्काको त्यो अभिव्यक्ति बाहिर आएपछि उनको खुब ट्रोल भएको थियो ।

प्रधामन्त्रीसामुन्ने छोटो कपडामा
बर्लिनमा प्रियङ्काको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । जब प्रियङ्का मोदीसँग भेट गर्न गइन्, त्यतिवेला उनी छोटो ड्रेसमा थिइन् । जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिइन् । सञ्जाल प्रयोगकर्ताले प्रियङ्कालाई प्रधानमन्त्रीलाई भेट्दा कस्तो कपडा लगाउने भनेर थाहा पाउन जरुरी छ भनेर सम्झाएका थिए ।

रोहिङ्ग्या क्याम्पको तस्बिरले ट्रोल
प्रियङ्का चोपडालाई युनिसेफले गुडविल एम्बेसडर बनाएको छ । प्रियङ्काले जब रोहिङ्ग्या मुसलमानसँग भेटघाट गरिन्, केही भारतीय रिसाए । सामाजिक सञ्जालमा प्रियङ्काको खुब ट्रोल बनाइयो । केही सञ्जाल प्रयोगकर्ताले प्रियङ्काको उक्त तरिकालाई राजनीतिक फन्डासमेत भनेका थिए ।

सिक्किमबारे बयानले विवादमा
गत वर्ष प्रियङ्काले सिक्किमलाई लिएर आफ्नो विचार राखेकी थिइन् । त्यस अभिव्यक्तिले उनलाई विवादको घेरामा तान्यो । प्रियङ्काले टोरेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलका क्रममा एक अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भारतको राज्य सिक्किमका उग्रवादबाट आफू आजित भएको बताएकी थिइन् ।

नयाँ पत्रिका

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया