‘पहाडलाई एमपीथ्री नेता होइन विकास गर्ने नेता चाहिएको छ’

Girl in a jacket

‘चियाबारी, बस्ती, बनबस्ती, शहर जहाँ गए पनि मतदाताहरूबाट विभिन्न समस्याबारे नै जानकारी पाइरहेको छु। दार्जीलिङ पहाडमा अहिले समस्या मात्र छ। समस्याहरुको समाधान हुनु जरुरी छ,’ उनले भनिन्, ‘दार्जीलिङलाई एमपीथ्री जस्तो एक सय, डेढसय गीत अँट्ने, कसैले बजाउँदा बज्ने, बज्दाबज्दै कसैले बन्द गर्दा बन्दहुने नेता होइन तर यहाँको समस्याहरुको समाधान गर्न सक्ने दह्रिलो नेता चाहिएको छ।’


दार्जीलिङ, 8 मई


तृणमूल कङ्ग्रेसकी बागी नेत्री अनि दार्जीलिङ विधानसभा समष्टी उप चुनावको निर्दलीय उम्मेद्वार शारदा राई सुब्बाले मतदाताहरुसित भेटघाट जारी राखेकी छन्।

आफ्नो पक्षमा मत माग्दै उनी दैनिकरूपमा प्रचारप्रसारमा छन्।  हिजो दार्जीलिङ नगरपालिकाको ३२ नम्बर वार्डको गिङ लामाहट्टाका मतदाताहरूसित भेटिन।  आज २४ नम्बर वार्डका दोकान दोकान गएर भोट मागिन्।

व्यस्त बजारमा ओहोर दोहोर गरिरहेका मानिसहरूसित पनि कुराकानी गर्दै भिभिप्याडको ८ नम्बर बटन थिचेर सबैले आफ्नो बहुमूल्य भोट आफ्नो पक्षमा दिने अपील गरिन्।

‘चियाबारी, बस्ती, बनबस्ती, शहर जहाँ गए पनि मतदाताहरूबाट विभिन्न समस्याबारे नै जानकारी पाइरहेको छु। दार्जीलिङ पहाडमा अहिले समस्या मात्र छ। समस्याहरुको समाधान हुनु जरुरी छ,’ उनले भनिन्, ‘दार्जीलिङलाई एमपीथ्री जस्तो एक सय, डेढसय गीत अँट्ने, कसैले बजाउँदा बज्ने, बज्दाबज्दै कसैले बन्द गर्दा बन्दहुने नेता होइन तर यहाँको समस्याहरुको समाधान गर्न सक्ने दह्रिलो नेता चाहिएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया