‘डङ्कन्स हटाऔं चिया बगान बचाऔं’

Girl in a jacket

मङ्गलबार श्रमिकहरूले गेट मिटिङ गरे। वास्तवमा पाँचवर्षदेखि नै बगान अचल छ। यद्यपि, झुटो आश्वासन दिँदै श्रमिकहरूलाई काम लागइरहेका थिए। तलबमा अनियमितता त छँदै छ अस्पतालसम्म बन्द छ। राशिन छैन। खाद्य अभावले विद्यार्थीहरू प्रभावित छन्।


जलपाइगढी, 9 मई


‘डङ्कन्स हटाऔं चिया बगान बचाऔं’ बुधबार यही नारा लगाउँदै  मेटलीको बन्द किलकोट चियाबगानका श्रमिकहरूले आफै पत्ति टिपेर बेच्ने निर्णय गरेका छन्।

मङ्गलबार माल बजार महकुमा श्रम अधिकारी विभागले बोलाएको तृतीय त्रिपक्षीय बैठकपछि बुधबार श्रमिकहरूले यस्तो निर्णय गरेका हुन्।

बैठकमा श्रमिकहरूको माग थियो, बगान नयाँ मालिकले चलाउन्, तर डङ्कन्सले होइन। जबसम्म नयाँ मालिक आउँदैन तबसम्म श्रमिकहरूले आफै पत्ति टिपेर बेच्नेछन्।

बैठकमा डङ्कन्स मालिकहरूसित श्रमिकहरूले तीन महिनाका मजदुरी, पीएफको पनि माग गरेका थिए। तर मालिकहरू दिन मानेनन्। ‘मालिकले नमानेपछि श्रमिकहरूले आपस्तमा बैठक गरेर आफै पत्ति टिपेर जीविका चलाउने निर्णय गरेका हुन्,’ श्रमिक नेता रतन प्रजाले सुनाए।

29 अप्रेलदेखि बगान बन्द छ। 27 अप्रेलको तीनमहिनादेखि अल्झिएको तलब माग्दै श्रमिकहरू विद्रोह गरे। यसै विषय लिएर निक्कै तनावको स्थिति बन्यो। श्रमिकहरूले प्रबन्धकमा निक्कै दवाब दिएका थिए। यही दवाब झेल्न नसकेर प्रबन्धक जय मुखर्जीले बगान छोड़ेर चम्पट हाने।

तलब नपाएपछि 29 अप्रेलदेखि श्रमिकहरूले काम बन्द गरे।  29 अप्रेल र 2 मईको दिन पनि मालबाजार सहकारी श्रम विभागमा त्रिपक्षीय बैठक भयो। बैठकमा  6 मई बीचमा श्रमिकलाई तलब दिने भनियो। तर मालिकहरूले बचन पूरा गरेन।

सोमबार र मङ्गलबार लगातार बैठक भयो। दुवै सफल भएन।

मङ्गलबार श्रमिकहरूले गेट मिटिङ गरे। वास्तवमा पाँचवर्षदेखि नै बगान अचल छ। यद्यपि, झुटो आश्वासन दिँदै श्रमिकहरूलाई काम लागइरहेका थिए। तलबमा अनियमितता त छँदै छ अस्पतालसम्म बन्द छ।

राशिन छैन। खाद्य अभावले विद्यार्थीहरू प्रभावित छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया