थप्पड राजनीति

भारतको राजनीति थप्पड काण्डले नित्तै तात्तिएको छ। भर्खरै आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले ‘थप्पड’ भेटे।

केजरीवालले त्यो ‘थप्पड’-को दोष भारतीय जनता पार्टीलाई दिए। केजरीवालको थप्पडको चर्चा सेलाइसकेकै थिएन, यता ममता व्यानर्जीको थप्पड काण्डले देश तताएको छ।

एउटा जनसभाबाट ममता व्यानर्जीले भनेकी थिइन्, ‘पाँचवर्ष अघि मोदीले अच्छे दिनको कुरा गरेका थिए। तर पछिबाट नोटबन्दी गरे। यसरी नै एकदिन उनले संविधान पनि बलद्लिदिन सक्छ। म त भाजपाको नारामा विश्वास गर्दिन मेरो लागि पैसाको कुनै अर्थ छैन। तर जब नरेन्द्र मोदीले बङ्गाल पसेर भने, तृणमूल लुटाहाहरूले भरिएको पार्टी हो, मलाई उनलाई थप्पड हान्ने मन भयो…’

भनेको यति हो। तर मिडियाले ‘थप्पड’-लाई यति उचालिदियो कि राष्ट्रीय बहसको केन्द्रिय विषय नै ‘थप्पड’ बन्यो।

यहीबीच नरेन्द्र मोदीले थप्पडको जवाब फर्काए।

‘मैले सुने, दिदीले मलाई थप्पड हन्ने रे। म त तपाईँलाई दिदी भन्छु, तपाईँको त थप्पड पनि मेरो लागि आशिर्वाद हुनेछ,’ मोदीले भने, ‘तर दिदी तपाईँले ‘तोलाबाज़ों’ (बङ्गालमा जबरजस्ती पैसा उठाउनेमाथि प्रयोग गरिने शब्द)को गालामा थप्पड हानेको भए आज तपाईँको रेकर्ड दागी बन्थेन। तपाईँको सरकारलाई त तीन ‘टी’ अर्थात ‘तोलाबाज़, तृणमूल काङ्ग्रेस र ट्याक्स’ भनिन्थेन….’

मोदीको जवाब फेरि देशमा आगोजस्तो फैलियो।

तब ममता व्यानर्जीले सुधारिन्, ‘मैले कहाँ मोदीलाई थप्पड हान्छु भनें र। मैले त लोकतन्त्रको थप्पड पो भनेको त। म त्यस्तो महिला होइन, थप्पड हानिबस्ने। भाषा बुझ्नुस् न…’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया