विमलपन्थीले भ्रम बाँड्दैछ, विनयपन्थीले पैसा बाँड्दैछ-अमर लामा

Girl in a jacket

‘उत्तिखेर लापत्ता बनेको विभागीय अधिकारीको खोजी कसले गऱ्यो र?,’ लामाले भने, ‘चुनाउछेक प्राविधिक भलचुकलाई मुद्दा बनाउनु विभागीय गलतीलाई भाषिक अतिक्रमण भन्नु रोटी सेक्ने मेलो हो।’ पाठ्यपुस्तकमा रहेको विषयसमेत सामान्य रहेको लामाको ठहर छ। उनले भने, ‘साहित्य र कलाको भूगोल हुँदैन। बाहिरको ज्ञान पनि विद्यार्थीलाई आवश्यक पर्छ।’ उनले यो पाठ्यपुस्तकमा भएको ‘नजरुल’-को सन्दर्भमा भनेका हुन्।


सिलगढी, 10 मई


जन आन्दोलन पार्टीका उम्मेदवार अमर लामाले चलिरहेको भाषिक अतिक्रमणको चर्चालाई तारो गर्दै भनेका छन्, ‘विमलपन्थीले भाषिक अतिक्रमण सम्बन्धमा भ्रम बाँड्दैछ। विनयपन्थीले पैसा बाँड्दैछ। दुवैले गुणस्तरीय र गम्भीर मुद्दाहरू उठान गरिरहेको छैन।’

लामा चुनाउ प्रचारमा सक्रिय छन्। उनको मत छ, दागोपाप र जिटिएले नेपाली भाषालाई पहाडको आधिकारिक भाषा बनाउने पहल नै गरेन।

‘अब सबै मिलेर संविधानिक मान्यता प्राप्त नेपाली भाषालाई तीनवटै महकुमामा कार्यालीय भाषा र आधिकारिक भाषा बनाउनुपर्छ,’ उनले भने। उनीअनुसार 1961 मा नै नेपाली भाषाले पहाडको आधिकारिक भाषाकोरूपमा मान्यता पाइसकेको हो। 1992 मा लोकसभामा भाषाले मान्यता पायो।

‘भाषाले मान्यता पाउँदा विवादसृष्टि गर्नेहरू अहिले बीपी बजगाईँसितै छन्,’ उनले तीर हाने, ‘आफ्नै मातृभाषालाई मान्यता नदिनेहरूले अतिक्रमणको के कुरा गर्नु।’

लामाले बजगाईँले औँल्याएका भूलहरू प्राविधिक रहेको जनाए। ‘पाठ्यपुस्तकमा विभागीय लापारवाही छ। मुद्रणमा समस्या छ। दागोपाप र जिटिएकालदेखि नै यस्तो छ। यो त सच्याउन सकिने कुरा हो। यहाँ फेरि कसरी भाषिक अतिक्रमणको कुरा आयो?,’ लामाले सोधे।

जिम्बालाई कटाक्ष गर्दै उनले गोरामुमोकालमा सर्वशिक्षा अभियानमा भएको 5 करोडको भ्रष्टाचार पनि कोट्याए। ‘उत्तिखेर लापत्ता बनेको विभागीय अधिकारीको खोजी कसले गऱ्यो र?,’ लामाले भने, ‘चुनाउछेक प्राविधिक भलचुकलाई मुद्दा बनाउनु विभागीय गलतीलाई भाषिक अतिक्रमण भन्नु रोटी सेक्ने मेलो हो।’

पाठ्यपुस्तकमा रहेको विषयसमेत सामान्य रहेको लामाको ठहर छ। उनले भने, ‘साहित्य र कलाको भूगोल हुँदैन। बाहिरको ज्ञान पनि विद्यार्थीलाई आवश्यक पर्छ।’ उनले यो पाठ्यपुस्तकमा भएको ‘नजरुल’-को सन्दर्भमा भनेका हुन्।

यता विनयपन्थीले चाँही खुलेआम पैसा बाँडिरहेको लामाको आरोप छ।

‘विभिन्न सङ्घसंस्थालाई लिएर हैकम चलाउँदै विनयपन्थीले पैसा बाँडिरहेको छ,’ लामाले सोधे, ‘खै त प्रशासनिक निगरानी? पैसा होइन तर्क बाँड।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया