‘गोर्खा’ नाम भएका दलहरूले गोर्खाल्याण्ड छोडे, जापले मात्र गोर्खाल्याण्डको मुद्दा उठाइरहेको छ’

Girl in a jacket

‘भाजपा बोक्ने गोजमुमो विमल पन्थी, गोरामुमो अथवा ‘गोर्खा’ नामधारी पार्टीहरूले गोर्खाल्याण्डको मुद्दा छोडिसक्यो,’ लामाको दाबी छ। पार्टीको नाममा ‘गोर्खा’ नरहेको जापले मात्र गोर्खाल्याण्डको मुद्दा उठाइरहेको हो भन्ने उनको आशय हो।


सिलगढी, 10 मई


‘कालेबुङ जिल्ला’-को लागि सङ्गठित जनाधारको टेकोमा जन्मिएको जनआन्दोलन पार्टीका उम्मेदवार अमर लामाले गोर्खाल्याण्डको मुद्दा जापले मात्र इमान्दाररूपले उठाइरहेको दाबी गरेका छन्।

‘भाजपा बोक्ने गोजमुमो विमल पन्थी, गोरामुमो अथवा ‘गोर्खा’ नामधारी पार्टीहरूले गोर्खाल्याण्डको मुद्दा छोडिसक्यो,’ लामाको दाबी छ। पार्टीको नाममा ‘गोर्खा’ नरहेको जापले मात्र गोर्खाल्याण्डको मुद्दा उठाइरहेको हो भन्ने उनको आशय हो।

उनको हिसाबमा विनयपन्थी गोजमुमोले गोर्खा टुक्राउने तृणमूल काङ्ग्रेस अघि ‘गोर्खा’ शब्द नै उच्चरण गर्न सक्तैन। लामाको ठहर छ, तृणमूल भनेको गोर्खा फुटाउने दुस्साहस गर्ने दल हो। तृणमूल त गोर्खा विरोधी दल हो। यसको एजेण्डाले नै गोर्खा फुटाउनु हो।

‘तर तृणमूलले याद राखोस्, 150-200  करोडले गोर्खा फुट्दैन,’ उनको जिकिर छ, ‘बोर्डहरू गठन गर्नु तृणमूलको दुस्साहस मात्र हो। गोर्खाहरूको जातीय एकता उति कमजोर छैन।’

लामाको हिसाबमा भाजपा चाँही जनजाति विरोधी दल हो। ‘पाँचवर्षसम्म दिन्छु भनेको कुरा दिइसक्नपर्ने हो। उत्तरबङ्गाल नरेन्द्र मोदी दुइपल्ट आए, दुईपल्टै ढाँटे,’ लामाले भने, ‘म किटान गर्छु, भाजपाले कहिल्यै 11 जातलाई जनजातिको मर्यादा दिने छैन।’

पहाडका अरू दलहरूतिर फर्किएर लामाले अरू कटाक्ष पनि गरे। उनको किटान छ, राजनीतिमा जातीय एकता भन्ने कुरा टिक्दैन। ‘गोर्खा जाति सामाजिक र सासंकृतिक कार्यको लागि मात्र एक हुने जाति हो,’ भन्छन् उनी, ‘जहाँ गोर्खाल्याण्ड नै छैन, त्यहाँ कसरी जातीय एकता सम्भव हुन्छ?।’

लामाअनुसार अहिले चलिरहेको जातीय एकताको कुरा दलहरूको चुनाउ जित्न प्रयोग गरिएको आइडिया मात्र हो। जनता भ्रममा नपरे पनि हुन्छ। यद्धपि, जापलाई भने उपचुनाउ सबैभन्दा गम्भीर कुरा लागेको छ।

‘चुनाउ लड्न जापलाई कर लागेको छ। किन भने दार्जीलिङमा क्षेत्रीयवाद, क्षेत्रीय दलको अस्तित्वमा सङ्कट आइपरेको छ,’ लामाको भनाई छ, ‘यो सङ्कटबाट दार्जीलिङलाई बँचाउन नै हामीलाई उपचुनाउ गम्भीर चुनाउ हो भन्ने लागेको छ।’

सुके पोखरीमा चुनावी जनसभामा उनले यसो भनेका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया