भाषिक अतिक्रणको विरोध गर्दा बजगाईँलाई मुद्दा

‘जो जो नेपालका हुन्, उनीहरू एनआरसीको विरोध गरिरहेका छन्,’ उनले भने, ‘अहिलेका जिटिए विओए अध्यक्ष दुबईमा काम गरेर पैसा कमाएर राजनीतिमा लागेका रहेछन्। उनको कागजपत्रको प्रतिलिपि र काम गरेको कम्पनीको फेहरिस्त मसित छ। नेपालको कागजपत्रमा दुबई गएका रहेछन्। एनआरसीको विरोध किन नगरुन् त।’


सिलगढी, 11 मई


पाठ्यपुस्तकमार्फत राज्य सरकारले बङ्गाली भाषा र संस्कृति गोर्खा समाजमा घुसाएर भाषिक, सांस्कतिक अतिक्रमण गरेको भन्दै गोजमुमो प्रवक्ता बीपी बजगाईँले विरोध गर्दै आइरहेका छन्।

सूत्रले बताएअनुसार यसै सम्बन्धमा उनलाई मुद्दा लगाएको छ। बताइएअनुसार अहिलेसम्म बीपी बजगाईँलाई सातवटा मुद्दा लागिसकेको छ। यी मुद्दाहरू उनी प्रवक्ता बनेर आएपछि लागेका हुन्। कुनै अपराध बिना, कुनै दोष बिना उनलाई भाटभट मुद्दा लगाउने काम भइरहेको उनले जनाएका छन्।

‘राज्य सरकारको कुनै पनि चरित्रको विरुद्धमा बोल्ने वित्तिकै त्यसका अर्थ बटाटेर मुद्दाहरू लगाइएका छन्,’ बजगाईँले खबरम्यागजिनसित भने, ‘मैले मुद्दा लगाउनुपर्ने त्यस्तो कुनै अपराध गरेको छैन।’

बजगाईँले मानिसहरूलाई आतङ्कित पार्न कुनै पनि एउटा सानो मुद्दा पर्याप्त हुने बताउँदै भयको वातावरण बनाउनुमा मुद्दा लगाउने, कुड्की गर्ने, रेट गर्ने, खानतलासी गर्ने, थानामा बोलाउनेजस्ता कामहरू भइरहेको उनले बताए।

‘सानो कुरा पनि सरकारको विरुद्धमा बोल्नु भनेको कुनै न कुनै माध्यमबाट प्रताडना पाउनु हो। पहाडमा यस्तो आन्तरिक अवस्था छ,’ उनले भने, ‘पहाडलाई यही भयबाट निकाल्ने ठूलो अवसर हो चुनाउ। लोकसभा त हामीले जितिसक्यौं। उपचुनाउ पनि जित्छौं।’

उनले आफूहरूले भाषिक, सांस्कृतिक, राजनैतिक, प्रशासनिक अतिक्रमणको विरोध गर्दा नै मुद्दा लगाइएको बताए।  ‘मुद्दा लगाउनेहरू अहिले भोट माग्दै हिँडिरहेका छन्,’ उनले भने, ‘उनलाई जनताले भोट दिनु भनेको आफ्नो घाँटीमा पासो हाल्नु हो। दार्जीलिङका जनताले यसो गर्नै सक्तैनन्। जनता सचेत छन्।’

विनय तामाङले ठेकेदारहरूबाट पैसा उठाएर बाँडिरहेको अनि ठेकेदारहरू पैसा पुऱ्याउन बाध्य बनेको भन्दै उनले भने, ‘हामी ठेकेदारहरूको बाध्यता बुझ्छौं। यति नगरे बील पाउँदैन। काम पाउँदैन। यो बाध्यताबाट मुक्ति दिलाउने यही चुनाउ हो।’

उनले विनय तामाङले एनआरसीको विरोध गर्नुको खास कारण पनि  बताएका छन्। ‘जो जो नेपालका हुन्, उनीहरू एनआरसीको विरोध गरिरहेका छन्,’ उनले भने, ‘अहिलेका जिटिए विओए अध्यक्ष दुबईमा काम गरेर पैसा कमाएर राजनीतिमा लागेका रहेछन्। उनको कागजपत्रको प्रतिलिपि र काम गरेको कम्पनीको फेहरिस्त मसित छ। नेपालको कागजपत्रमा दुबई गएका रहेछन्। एनआरसीको विरोध किन नगरुन् त।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया