अहिले पाँच दिनमा एकदिन पिउने पानी आउँदैछ, दिनेलाई विरोध गऱ्यो भने दस दिनमा एकदिन पानी आउनेछ-अनित थापा

दार्जीलिङमा अहिले पाँच दिनमा एकदिन पिउने पानी आइरहेको भन्दै उनले भनेका छन्, ‘अहिले पाँच दिनमा एकदिन पानी आउँदै रहेछ। हामीलाई बुझेन भने भोलिको दिनमा दस दिनमा एकदिन पानी आउँला। समस्या बढ्दै बढ्दै जान्छ। पानी दिनेलाई नै विरोध गरेपछि पानी कहाँबाट पाउँछौ?’


दार्जीलिङ, 11 मई


जिटिए बिओए अध्यक्ष अनित थापाले बङ्गाल सरकारसित दुश्मनी गरेर कहिल्यै गोर्खाको भलो नहुने बताएका छन्। पहाडको राजनीति जतै गए पनि पुग्ने विकास नै रहेको आशय व्यक्त गर्दै उनले भनेका छन्, ‘राज्य सरकारसित राम्रो सम्बन्ध राखेर पहाडको धेरै विकास गर्न सकिन्थ्यो, सम्बन्ध पनि राम्रै थियो तर आन्तरिकरूपमा सरकारको विरोध गरेको जनतालाई मन परेन। त्यसैकारण अघिल्ला नेताहरूको लागि पहाडमा माहौल उनीहरू विरुद्ध बन्यो।’

दिल्लीलाई दस वर्ष दिँदा पनि केही नदिएको आरोप लगाउँदै थापाले आफूहरूलाई पुलिस लगाएर अत्याचार गरिरहेको आरोप लगाउने गरेको जनाए।

‘केही मान्छे प्रशासन विरुद्ध बोल्छन्। यसले समस्या अझ जटिल बनिरहेको हो, यो समस्या समाधान गर्न बाचचित गर्न अनिवार्य छ,’ उनले भनेका छन्।

दार्जीलिङमा अहिले पाँच दिनमा एकदिन पिउने पानी आइरहेको भन्दै उनले भनेका छन्, ‘अहिले पाँच दिनमा एकदिन पानी आउँदै रहेछ। हामीलाई बुझेन भने भोलिको दिनमा दस दिनमा एकदिन पानी आउँला। समस्या बढ्दै बढ्दै जान्छ। पानी दिनेलाई नै विरोध गरेपछि पानी कहाँबाट पाउँछौ?’

थापाले दार्जीलिङमा दैनिक पानी आउनु हो भने विनय तामाङलाई नै भोट दिनुपर्ने आशय पोखे। उनले अघिल्ला नेताहरूले सरकारसित सम्बन्ध बिगारेर जनता, युवाको भविष्य बिगारेको आरोप पनि लगाए।

उनले जनताले जसलाई रुचाउँछ, उसैलाई जिताउने पनि बताए।

‘अस्ती निरज जिम्बामाथि त्यस्तो घटना नहुनु पर्थ्यो। उनले प्रचार गर्न पाउँछन्, जसले गर्छ भन्ने लाग्छ, जनताले उसैलाई भोट दिन्छ,’ उनले भने, ‘म त सरकारसित मिलेर काम गर्ने हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया