दयाहाङको ‘आप्पा’-मा मेलिनाको ‘अमाला’

Girl in a jacket

दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को तेस्रो गीत माउन्टेन स्टोरिज इन्टरटेनमेन्टले आजदेखि युट्युबमा छोडेको छ। दयाहाङको ‘आप्पा’-को अमला शब्द रहेको यो गीतमा मेलिना राई र एसडी योगीको स्वर छ। गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको सङ्गीत छ। गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरेन राईले कोरियोग्राफी गरेका हुन् । रवि न्यौपानेले छायाङ्कन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’  र दोस्रो गीत ‘साँझ परे पछि’ अघिबाटै सार्वजनिक गरिएको छ।

बाबु छोराको कथा रहेको चलचित्रमा दयाहाङ राई मुख्य भुमिकामा छन्। फिल्ममा उनले बाबुको भूमिका निभाएका छन् । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्म असार 13 अर्थात 28 जुनको दिन नेपालमा रिलिज गरिनेछ। नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने फिल्मका निर्देशक अनमोल गुरुङले जनाएका छन्।

भारतबाट पहिलोपल्ट ठूलो व्यानरमा आएको ‘आप्पा’ मा दयाहाङ राईको अभिनय पनि पहिलो हो। चलचित्रमा दयाहाङबाहेक तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका रहेको छ।

आप्पा अनमोल गुरुङको डेब्यु चलिचित्र हो। ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी. कार्कीको छायाङ्कन, अनमोल गुरुङ र शैकात देवको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन्। चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया