कुर्सीमा आउने वित्तिकै थापा सक्रिय : सरकार र जनताबीच सम्बन्ध सुमधुर गर्नेछु-अनित

Girl in a jacket

‘उनीहरूले राज्य सरकार र जनताबीच दुरी बढाए,’ थापाले भनेका छन्, ‘यद्धपि, पहाडको विकासको लागि हो भने सरकार र जनताबीच समधुर सम्बन्ध स्थापित हुनुपर्ने हो।’


सिलगढी, 13 मई


अनित थापाले जिटिएको निम्ति सल्लाहकार समिति गठन गर्ने बताएका छन्। विनय तामाङले राजिनामा दिएपछि खाली बनेको जिटिए विओए अध्यक्षको पदमा अनित थापालाई मनोनित गरिएको छ।

आफू पदमा पुग्ने वित्तिकै थापाले जिटिए सञ्चालन प्रक्रियालाई दुरूस्त गर्ने अभियान थालेका छन्।

‘चुनाउ सकेपछि जिटिए पूर्णरूपले परिचालन हुनेछ,’ यसै सन्दर्भमा थापाले भने, ‘जिटिएलाई प्रभावकारीरूपले अघि बढाउन एउटा सल्लाहकार समिति बनाउनेछु।’

सल्लाहकार समितिमा प्रशासन सञ्चालनबारे जानकार रहेका विशेषज्ञहरू रहनेछन्। यस सम्बन्धमा अनुभव रहेका सेवानिवृत्त अधिकारीहरूलाई नियुक्त गर्ने थापाको जिटिए डिजाइन हो।

थापाअनुसार पहाडले आफ्नो गरिमा हराएको छ। त्यसलाई फर्काइल्याउन जनताले चाहेजस्तोरुपमा जिटिए सञ्चालन गरिनुपर्छ। ‘म हरेकवर्गका मानिसहरूसित निरन्तर संवादमा छु,’ थापाले भनेका छन्, ‘उनीहरूको सपना र समस्यालाई सम्बोधन गर्ने अब व्यावहारिक राजनीतिको संस्कार पहाडलाई चाहिएको छ।’

उनीअनुसार अघिल्ला नेता र दलहरूले जनतालाई झुक्याएर आफ्ना रोटी सेक्ने काम गरेका छन्। ‘उनीहरूले राज्य सरकार र जनताबीच दुरी बढाए,’ थापाले भनेका छन्, ‘यद्धपि, पहाडको विकासको लागि हो भने सरकार र जनताबीच सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने हो।’

जनतालाई सरकारबाट पर राखेर नेताहरूले भने वर्मालुट गरेको उनको ठहर छ।

‘पहाडको शान्ति अनि विकासको लागि राज्य सरकारसित जनताको सम्बन्ध सुमधुर बनाउनेछु,’ उनले भनेका छन्,  ‘राज्य सरकारको माध्यमबाट गर्नुपर्ने सबै समस्याको सामाधान गर्नेछु।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया