पर्जापट्टाको लागि विनय तामाङ आश्वासन बाँड्दै

Girl in a jacket

‘चियाकमान, सिन्कोना बगान, डीआई फण्ड जमीन र नगरपालिकाक्षेत्रका मानिसहरूले पर्जापट्टा २१ महिनामा नै दिन्छु,’ तामाङको आश्वासन यस्तो छ, ‘बरू कम समय लाग्न सक्छ तर त्यो भन्दा माथि जाने छैन।’


सिलगढी, 13 मई


विनय तामाङले विधायक हुने वित्तिकै पर्जापट्टाको लागि 21महिना लाग्ने जनाएका छन्। ‘चियाकमान, सिन्कोना बगान, डीआई फण्ड जमीन र नगरपालिकाक्षेत्रका मानिसहरूले पर्जापट्टा २१ महिनामा नै दिन्छु,’ तामाङको आश्वासन यस्तो छ, ‘बरू कम समय लाग्न सक्छ तर त्यो भन्दा माथि जाने छैन।’

उनले पर्जापट्टाको लागि बङ्गाल सरकारले बनाएको रिभ्यू कमिटीमा बङ्गालका मन्त्रीहरूसित आफू पनि सदस्य रहेको खुलाए। ‘५ डेसिमल होइन तर आफूले कमाइराखेको जम्मै जमीनको पर्जा-पट्टा वान टाइम सेटलमेन्टको रूपमा दिनेछौं,’ तामाङको आश्वासन यस्तो पनि छ।

यसो त १७ महिना जीटीएको चौकीमा बस्दा नै आधाजति समस्या त सामाधान नै भइसकेको दाबी पनि उनको थियो। २१ महिनाभित्रमा ती रहेका कामहरू पनि निप्ट्याउने उनको दाबी हो।

‘पहाडको सबै समस्याहरू समाधान गर्न जीटीएको चौकी त्यागेको हुँ,’ उनले भनेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया