विनय र अनित थापा दलाल हुन्, उनीहरू आमाको जिब्रो काट्नेहरू हुन्, उनीहरूलाई हराउने चुनाउ यही हो- विमल

‘चिटफण्डबाट करोडौं मानिसको करोडौं पैसा खाएर ममता व्यानर्जी चुपचाप बसेकी छन्,’ उनले भने, ‘उनले सरकारमा आएपछि सिगरेटमा ट्याक्स लगाएर भए पनि चिटफण्डको फैसा फिर्ता गर्छु भनेकी थिइन्। तर फिर्ता गरिनन्। यसरी ढाँटको राजनीति चलिरहेको छ। होसियार हुनुपर्छ। विनय र अनितले श्रमिकहरूको बोनसको पाँच प्रतिशत खाएका छन्। त्यही पैसा खर्च गरेर लोभ देखाइरहेका छन्। ढाँटछलको राजनीतिबाट जनतालाई पर बसिदिने अनुरोध गर्छु।’


सिलगढी, 13 मई


विमल गुरुङले विनय तामाङ र अनित थापा मिलेर चिया श्रमिकहरूलाई पैसाको लोभमा फँसाएर भोट बटुल्ने राजनीति गरिरहेको भन्दै जनतालाई सचेत गराएका छन्। उनले जनताको पैसा लुटेर त्यही पैसाको प्रलोभनमा जनतालाई भोटको लागि फँसाइरहेको जनाएका छन्।

‘यो उनीहरूको भोट बटुल्ने मेलो मात्र हो,’ गुरुङले भनेका छन्, ‘कमान कमानमा तामाङ र थापाले व्याङ्क एकाउन्ट लिएर मिटिङमा आउनु भनिरहेका छन्। 105 दिनको बन्दको रोज दिन्छु भनिरहेका छन्। यी सबै झुटा कुरा हुन्।’

जुन श्रमिकहरूको पाँच प्रतिशत बोनस पचाए उनीहरूले नै 105 दिनको रोज दिन्छु भन्नु ममता व्यानर्जीसित मिलेर जनतालाई प्रलोभनमा पारेर भोट हत्याउने खेला मात्र रहेको विमलको दाबी हो।

‘105 दिनको रोज माग्नुभन्दा पहिले श्रमिकहरूले 5 प्रतिशत बोनस किन नपाएको भनेर प्रश्न गर्नुहोस्,’  उनले भनेका छन्, ‘विमल हुँदा आधा प्रतिशत पनि नकाटिएको बोनस विनय हुँदा किन काटियो? सोध्नुहोस्। एउटा छातामा जनता अब भूलिनु हुँदैन।’

गुरुङले ममता व्यानर्जीले विनयहरूलाई यस्तो झुट बोल्न सिकाएको आशय व्यक्त गर्दै सारदा, नारदा, रोजभ्याल्लीको सन्दर्भ पनि कोट्याएका छन्।

‘चिटफण्डबाट करोडौं मानिसको करोडौं पैसा खाएर ममता व्यानर्जी चुपचाप बसेकी छन्,’ उनले भने, ‘उनले सरकारमा आएपछि सिगरेटमा ट्याक्स लगाएर भए पनि चिटफण्डको फैसा फिर्ता गर्छु भनेकी थिइन्। तर फिर्ता गरिनन्। यसरी ढाँटको राजनीति चलिरहेको छ। होसियार हुनुपर्छ। विनय र अनितले श्रमिकहरूको बोनसको पाँच प्रतिशत खाएका छन्। त्यही पैसा खर्च गरेर लोभ देखाइरहेका छन्। ढाँटछलको राजनीतिबाट जनतालाई पर बसिदिने अनुरोध गर्छु।’

उनले आफूले विभिन्न स्रोतबाट पैसा जुटाएर साँढेचार वर्ष कन्टिजेन्ट म्यानुअल कर्मचारीको चुल्हा जलाएको तर विनयको पालामा उनीहरूले 22 महिना देखि केही नपाइरहेको पनि जनाए। उनले भोलेन्टियर टिचरमाथि विनय तामाङहरूले राजनीति गरिरहेको, शिक्षकहरूलाई ट्रान्सफरको डर देखाइरहेको, बनबासीहरूलाई नक्कली कागजपत्र दिएर झुक्याइरहेको, गोर्खाहरूको घर कुड्की गरिरहेको, 6 हजारभन्दा धेरैलाई भूमिगत बनाएको पनि जनाएका छन्।

‘विनय र अनित थापा दलाल हुन्, उनीहरूको आमाको जिब्रो काट्नेहरू हुन्,’ गुरुङले भने, ‘जसले जातिको भविष्य ध्वस्त पारेका छन्, उनीहरूलाई हराउने भोट यही हो। जनताले उनीहरूको विरुद्धमा जिम्बालाई भोट दिने अपील गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया