‘मोटा’ र ‘चोट्टा’-लाई अमरले भने ‘पिँधबिनाको लोटा’

Girl in a jacket

‘लोकसभा चुनाउमा सबै दलका उम्मेदवारहरूले पर्जापट्टा, रोजवृद्धिको कुरा गरे। 105 दिनको बन्दको कुरा गरे। किनभने जस्तै मै हुँ दार्जीलिङका राजनीतिक दल र नेताहरूले पनि गोर्खाल्याण्डको कुरा गर्न सक्दैनन्,’ उनले भने, ‘कारण थुप्रै छन्, दिल्लीमा भएको भारतीय जनता पार्टीको सरकारले गोर्खाल्याण्ड दिनेवाला छैन। यो कुरामा हामीले पाँच वर्षमा नै बुझ्यौं।’


सिलगढी, 13 मई


जनआन्दोलन पार्टी (जाप)-का उम्मेदवार अमर लामा निरज जिम्बा र विनय तामाङप्रति निक्कै आक्रमक बनिरहेका छन्। ‘न मोटा न चोट्टा दुवै पिँधबिनाको लोटा’, जनआन्दोलन पार्टी (जाप)-का उम्मेदवार अमर लामाले भाजपा उम्मेदवार नीरज जिम्बा र विनय तामाङलाई आज पनि यसरी प्रहार गरेका छन्।

जिम्बाले प्रचारमा युवावर्गलाई आकर्षित गर्नका लागि बनाइएको ‘डोन्ट भोट फर चोट्टा, भोट फर मोटा’ स्लोगानले अहिले सोशल मीडियामा धेरै चर्चा पाइरहेको छ।

यो  स्लोगानलाई जीएनएलएफ पेजमा पनि केही दिनअघि शेयर गरिएको थियो। यसै सन्दर्भमा बोल्दै लामाले ‘मोटा’ र ‘चोट्टा’ दुवैलाई पिँधबिनाको ‘लोटा’ बताएका हुन्।

लामाले मोटा र चोट्टा दुवै दार्जीलिङ पहाड़का मूलभूत समस्या र मुद्दाप्रति गम्भीर नरहेको र केवल विधायक बन्नका लागि जनतालाई झूटा आश्वासनहरू दिइरहेको आरोप लगाएका छन्।

‘लोकसभा चुनाउमा पर्जापट्टा मागेपछि अब उनीहरूले विधानसभा चुनाउमा के माग्छन् होला। कोलातामा पाउने कुरा उनीहरूले दिल्लीमा मागिसके’, लामाले थपे, ‘पर्जापट्टा पाउने ठाउँ बङ्गालको विधानसभा हो। मलाई त्यहाँ पठाउनुहोस्, म त्यहाँबाट पर्जापट्टा लिएर आउँछु।’

जाप उम्मेदवारले दुवै पार्टीलाई गोर्खाल्यान्ड र जनजातिको मान्यता ल्याएर देखाए राजनीति गर्नै छोड़िदिने चुनौती दिए।

‘लोकसभा चुनाउमा सबै दलका उम्मेदवारहरूले पर्जापट्टा, रोजवृद्धिको कुरा गरे। 105 दिनको बन्दको कुरा गरे। किनभने जस्तै मै हुँ दार्जीलिङका राजनीतिक दल र नेताहरूले पनि गोर्खाल्याण्डको कुरा गर्न सक्दैनन्,’ उनले भने, ‘कारण थुप्रै छन्, दिल्लीमा भएको भारतीय जनता पार्टीको सरकारले गोर्खाल्याण्ड दिनेवाला छैन। यो कुरामा हामीले पाँच वर्षमा नै बुझ्यौं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया