बङ्गालमा बमको कारखाना : अमित शाह

कोलकाता, 14 मई


‘पश्चिम बङ्गालमा सिन्डिकेट राज चलिरहेको छ। बङ्गालमा केही पनि गर्नको लागि पनि आम मानिसले सिन्डिकेट दलको मानिसलाई ट्याक्स तिर्नु पर्छ। सिमेन्ट किन्न घरि सिन्डिकेट ट्याक्स तिर्नुपर्ने,  के यो सही हो ? अहिले त बङ्गालमा भतिजा ट्याक्स चलिरहेको छ। बङ्गालको मानिसहरूले भतिजा ट्याक्स दिनु परिरहेको छ,’ उक्त बयान भाजपा राष्ट्रीय अध्यक्ष अमित शाहको हो।

एउटा जनसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। ‘यसपालि 23 भन्दा धेर आसन नरेन्द्र मोदीको झोलीमा हाल्ने बङ्गालको जनताले निर्णय गरिसकेका छन्,’ शाहले यसो पनि भनेका छन्, ‘नरेन्द्र मोदीले पाँच वर्षमा देशका गरीबहरूको लागि धेरै काम गरेका छन्। ममता ब्यानर्जीले केन्द्रका योजनाहरू बङ्गालमा लागू हुनै दिँदैनन् किनभने केन्द्रका योजनाहरू बङ्गालमा आयो भने नरेन्द्र मोदी लोकप्रिय हुन्छन् भनेर उनी डराउँछन्। सबै योजनाहरू देशका गरीबीहरूसम्म पुऱ्याउनु हो भने  ममता ब्यानर्जीलाई उखालेर फ्याक्नु पर्छ।’

उनले अझ भनेका छन्, ‘ममताको राजमा बङ्गालमा दुर्गापूजा पनि गर्न दिइँदैन। सरस्वती पूजा गर्दा पनि स्कूलहरूमा गएर तृणमूलका गुण्डाहरूले आतङ्क मच्चाउने गर्छन्। बङ्गालमा एक जमानामा रवीन्द्र सङ्गीत, चैतन्य महाप्रभुको कीर्तन हुन्थ्यो। तर आज यस्तो स्थिति सृजना भयो यहाँ केवल बमको धमाका मात्र सुनिने गरिन्छ। कारखाना बनिएको छ त केवल बम बनाउँने।’

शाहले भनेअनुसार बङ्गालमा बङ्गालकै संस्कृति स्थापित गर्नु हो भने मोदीलाई जिताउन जरूरी छ। नरेन्द्र मोदीले बङ्गालबाट अनुप्रवेशकारीहरूलाई छानी-छानी निकाल्नेछन्। शरणार्थीहरूलाई निकाल्छ भनेर ममता ब्यानर्जीले मानिसहरूलाई डर देखाइरहेकी छन् तर मोदीले शरणार्थीहरूलाई होइन, अवैध अनुप्रवेशकारीहरूलाई निकाल्नेछन्।

‘बङ्गालमा बङ्गला भाषाको शिक्षामा पनि ममता ब्यानर्जी नै वाधा बनिरहेकी छन्। इस्लमपुरमा बङ्गला स्कूलमा उर्दू शिक्षक पठाउँदा जब विरोध भयो, त्यहाँ पुलिसले राजेश अनि तापास दुइ जनालाई गोली ठोकिदियो,’ उनले भनेका छन्।

आँट छ भने मलाई पक्राउ गर

ममता ब्यानर्जीले बङ्गालमा जय श्रीराम भन्न नदिएको पनि शाहको आरोप छ। ‘जयनगर केन्द्रमा उभिएर म जय श्रीराम भनिरहेको छु, कोलकाता पनि जानेछु, आँट छ भने मलाई पक्रेर देखाऊ,’ उनले भनेका छन्,  ‘ममता ब्यानर्जीले सोनार बाङ्गाललाई कङ्गाल बनाइदिएकी छन्। मोदी फेरि पनि सत्तामा आए  यसलाई फेरि सोनार बङ्गाल बनाउनेछन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया