ममतालाई ममताकै ठाउँमा चुनौति : यस्तो त विश्लेषण

कोलकत्ता, 14 मई


बङ्गालमा लोकसभा चुनाव अन्तिम चरणमा पुगिसकेको छ। राज्यमा भाजपाले सत्तारूढ़ तृणमूल काङ्ग्रेसको दक्षिण बङ्गालको कोलकत्ता र त्यहाँको उपनगरीय क्षेत्रमा मात दिन आफ्नो पुरै शक्ति लगाएको छ।

भाजपाको लागि यो कठिन चुनौति हो किनभने बङ्गाल तृणमूलको जन्मभूमि हो। यही ठाउँबाट ममता ब्यानर्जीको पार्टीले राजनैतिक शुरूवात गरेको हो।

आफ्नो किल्लालाई भाजपादेखि बचाउनको लागि ममताले पनि काम गर्नै शैलीलाई दुरुस्त गरिराखेकी छन्। यसैले गर्दा पनि राज्यको राजनीतिक परिवेश नै गर्मिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी र ममताबीच मौखिक आक्रमण तीब्र हुँदै गइरहेकै छ।  बङ्गाल सरकारले जादवपुरमा भाजपा अध्यक्ष अमित शाहलाई चुनावी ऱ्याली गर्ने अनुमति दिएन। यसैले भाजपाले ममतालाई घेरो हालेको पनि हो।

अन्तिम चरणमा जुन आसनहरूमा मतदान हुन्छ, त्यसमा डायमण्ड हार्बर, जयनगर, मथुरापुर, जादवपुर, कोलकत्ता दक्षिण, कोलकत्ता उत्तर, आँटआँट, बारासात अनि बसिरहाट सामेल छ।

भाजपाको लागि छैटौ चरण महत्वपूर्ण थियो, तर सातौं चरणमा पार्टीको परीक्षा हुनेछ। जसमा शहरी अनि अर्धशहरी मतदाताहरू बीचमा पार्टीले आफ्नो कस्तो पकड़ बनाउने हो, त्यसैले सबै कुरा निर्धारण गर्छ। यस चरण मुख्यमन्त्री ममता ब्यानर्जीको ख्यातिसित जोडिएको हुनाले उनले पनि आफ्नो पुरै शक्ति लगाएकी छन्।

राजनीतिक विश्लेषकहरूअनुसार शहरका गरीबहरूको झुकाउ जहिले पनि ममतासितै छ। तर यो चरणमा भाजपाले त्यो जुकाउ मोड्न कति सक्षम बनेको छ भन्ने कुराको पनि निर्धारण गर्छ।

यस चरणको सबैभन्दा महत्वपूर्ण आसन जादवपूर र साउथ कोलकत्ता हो। यही ममता ब्यानर्जीको गृहक्षेत्र पनि हो। यहीँदेखि नै उनले आफ्नो राजनीतिक करियर सुरूवात गरेकी थिइन्। सन् 1984 मा ममता ब्यानर्जीले माकपाकादिग्गज नेता  सोमनाथ च्याटर्जीलाई हराएकी थिइन्। सोही जितपछि उनी पहिलोपल्ट राष्ट्रीय स्तरमा चर्चामा आएकी हुन्। त्यसपछि उनले आफूलाई साउथ कोलकत्ता सारेकी हुन्। ममता साउथ कोलकत्ताबाट छपल्ट सांसद भइन्।

सन् 1998 मा ममताले साउथ कोलकत्ताबाट तृणमूल काङ्ग्रेस शुरू गरेकी थिइन्। त्यसपछि तृणमूलले यही आसनबाट 50 प्रतिशत भोटसहित जित हासिल गरिरहेको छ।

2014 मा मोदी लहरमा छाउँदा उनको भोट टुक्रियो। पछिलो चुनाउमा तत्कालीन भाजपा प्रत्याशी तथागत रायले ममता ब्यानर्जीकै क्षेत्र भवनीपुरबाट बढ़त हासिल गरेका थिए। डायमण्ड हार्बर आसनमा पनि देशभरिको आँखा रहनेछ। यहाँ ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जी चुनावी मैदानमा छन्। भाजपालाई आशा छ,  आँटआँट, बारासात र बसिरहाटमा जीत हासिल गर्न सक्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया