थर्काए अमितले कोलकाता

Girl in a jacket

भाजपा अध्यक्ष अमित शाहको कोलकाता ऱ्यालीमा जनसमुद्र देखापऱ्यो।

‘यो भीडले भन्दैछ, बङ्गालमा परिव्रतन निश्चित छ। तृणमूलको रवैया कस्तो छ, यही भीडले जवाब दिइरहेको छ,’ शाहले भने, ‘बङ्गालमा लोकतन्त्र खतरामा छ। 60 भन्दा धेर भाजपा कार्यकर्ताको हत्या बङ्गालमा भएको छ। रोड गर्नसमेत नदिने कोसिस भयो। ममता व्यानर्जी भाजपासित भयभित हुनुको प्रमाण यही हो। यो भीडले ममताको मनमा घन्टी बजाइदिएको छ।’

शाहले 23 मईको रिजल्टले बङ्गालको भविष्य बनिने र भाजपाले 23 भन्दा धेर आसन जित्ने दाबी गरे। रोडशोमा भाजपा कार्यकर्ताहरूले जमेर जय श्री रामको नारा पनि लगाए।

‘म जय श्री राम भनिरहेको छु। हिम्मत छ भने मलाई पक्रिँदा हुन्छ, भोलिसम्म म कोलकातामा नै छु,’ शाहले भने।

यता भाजपा नेता मुकुल रायको गाडी तृणमूल कार्यकर्ताहरूलो तोडफोड गरिदिएको छ। अर्कोतिर ममता व्यानर्जीले भाजपाले आरएसएस ल्याएर डायमण्ड हार्बर क्षेत्रमा हिंसा फैलाइरहेको आरोप लगाएकी छन्।

17 उम्मेदवारहरूमाथि मुद्दा

राज्यमा अन्तिम सातौं चरणको 9 लोकसभा सीटमा 19 मईको दिन चुनाव हुनेछ। यही सात सीटमा कुल 111 उम्मेदवारहरू मैदानमा छन्। यसैबीच 23 जाना अर्थात 21 प्रतिशत उम्मेदवारहरू विरुद्ध अपराधिक मामिला चलिरहेको छ। यसैगरि 17 उम्मेदवारहरू (15 प्रतिशत) माथि आपराधिक मामिला दर्ता छ।  चुनाउ आयोग संयोजक उज्जैनी  हलीमले भाजपाको पाँच, तृणमूलको चार, काङ्ग्रेसको दुई, एसयुसीआइको तीन अनि माकपाको दुई उम्मेदवार विरुद्ध विभिन्न धाराहरूमा आपराधिक मामलि दर्ता भएको बताए।

30 उम्मेदवार करोड़पति

तृणमूल काङ्ग्रेसका नौ उम्मेदवार मैदानमा छन् भने सबै उम्मेदवारहरू कड़ोरपति हुन्। सातौ चरणमा मैदानमा उत्रेका 111 उम्मेदवार मध्ये काङ्ग्रेसको टिकटमा कोलकत्ता दक्षिणबाट चुनाउ लडिरहेकी मिता चक्रवर्ती सबैभन्दा धनि उम्मेदवार हुन्। जसले 44.75 करोड़ सम्पत्ति रहेको छ। दोस्रो स्थानमा भने जादवपुरबाट माकपा उम्मेदवार विकास रञ्जन भट्टाचार्य छन्, जसले आफ्नो कुल सम्पत्ति 12 कड़ोर रूपियाँ रहेको बताएका छन्। तेस्रो स्थानमा भने कोलकत्ता उत्तरका काङ्ग्रेस उम्मेदवार सईद शाहिद इमाम छन्। जसले 7.56 कड़ोर रूपियाँ सम्पत्ति रहेको घोष्णा गरेका छन्।

सातौं चरणमा सबैभन्दा गरीब उम्मेदवार बारासातबाट निर्दल उम्मेदवार मृणाल कान्ति भट्टयार्य हुन्, जसले आफ्नो कुल सम्पत्ति 35,929 रूपियाँ मात्र बताएका छन्। सबैभन्दा गरीब तीन उम्मेदवारहरूमा दोस्रो स्थानमा दमदम लेकसभा सीटबाट न्यू डेमोक्रेटिक पार्टी अफ इण्डियाका उम्मेदवार सुबीर दास हुन्। जसले आफ्नो सम्पत्ति 41,200 रूपियाँ बताएका छन्।

तेस्रो स्थानमा बसिरहाट सीटका निर्दल उम्मेदवार सुभाशीष कुमार भौमिक छन्। जसले आफ्नो सम्पत्ति 47,200 रूपियाँ घोष्णा गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया