टोयट्रेनले कमाउँदैछ वार्षिक 12 करोड़

Girl in a jacket

सिलगढ़ी, 14 मई


विश्व प्रशिद्ध दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) लगातार विकासको मार्गतिर बढ़िरहेको छ। वार्षिक आयमा पनि लगातार वृद्धि भइरहेको छ। गत वर्षमा डीएचआरले आयको हिसाबमा आशालाग्दो सफलता हासिल गरेको थियो। बढ़्दै गएको आय र पर्यटकहरूको अत्याधिक आकर्षण देखेर डीएचआरले इञ्जिन र कोचहरूको संख्या बढ़ाउने  निर्णय लिएको छ।

यही 20 मईदेखि सिलगढ़ीदेखि तीनधारेबीचमा फेरि इभिनिङराइड शुरू गर्ने सम्भावना छ। न्यू जलपाइगढीदेखि दार्जीलिङबीच चल्ने दार्जीलिङ डीएचआरको टोय ट्रेन विश्व प्रशिद्ध छ। यसलाई बचाई राख्न यूनेस्को र भारतीय रेलवेले प्रयास गरिरहेको छ। झरी र कतिपय प्राकृतिक वाधाहरूको सामना गर्नुपरिरहेको पनि पर्यटकहरूलाई आकर्षित गर्न र आय बढ़ाउनको ला टोय  ट्रेनमा धेरै हेरफेर गरिएको छ।

अहिले टोय ट्रेनमा एसी पनि जोड़िदिएको छ। एक दिनमा एउटा ट्रेन न्यू जलपाइगढीदेखि दार्जीलिङ र अर्को दार्जीलिङदेखि न्यू जलपाइगढी आउ जाउ गर्ने गर्दछ।

डीएचआरले दिएको जानकारीअनुसार वार्षिक आयमा धेरै वृद्धि  भएको छ।  प्राप्त आकड़ाअनुसार, 2017-18 मा डीएचआरको कुल आय 7 करोड़ रूपियाँ थियो। 2018-19 को कुल आय 12 करोड़ रूपियाँ भएको थियो। वार्षिक आयमा वृद्धि भएकोमा  डीएचआर प्रबन्धन खुशी छ।

अहिले डीएचआरसित चार वाष्प चालित र 6 डिजल इञ्जिन छ। दुइ वाष्प चालित र एक डिजल इञ्जिनअझ थप्ने योजना पनि डीएचआरको छ।

विदेशी पर्यटकहरू वाष्प चालित इञ्जिनमा चढ्न रूचाउँछन्। य ट्रेनमा बसेर जङ्गल, पहाड़ र झर्नाको नन्द उठाउन दिन फाइबरको कोच (डोम कोच) लगाउने योजना पनि बनाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया