ग्रीजम्यान म्यानु जाने सम्भावना बलियो

लण्डन, 23 मई।


स्पेनीश क्लब एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर एण्टिनो ग्रीजम्यान समर सिजनमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड आउने सम्भावना बलियो बनेको छ। स्वयं ग्रीजम्यानले यो सम्भावनालाई स्वीकार गरेका छन्। कुनै समय अत्यधिक लुते र कम ओजनको कारण क्लबहरूले आफूसँग राख्न नरूचाइएको ग्रीजम्यान अहिलेकै महँगो स्ट्राइकरहरूमा एक हुन्।

सन् 2014 मा रियल सोसिडाडबाट एथ्लेटिको छिरेको यी 26 वर्षे फ्रेञ्च स्ट्राइकर डिएगो सिमोनीको देखरेखमा तिख्रिएका हुन्। गोल गर्ने असाधारण क्षमताकै कारण अहिले म्यानु ग्रीजम्यानको पछि लागेको छ। सोमवार फ्रेञ्चेली टेलिभिजनसँग बोल्दै उनले भने, “ओल्ड ट्र्याफर्डजाने मेरो सम्भावना 60 प्रतिशत छ। यसबारे म आउँदो दुइसाताभित्रै निर्णय लिनेछु।’’ युरो कपमा सर्वाधिक गोल गरी गोल्डन बल जितेपछि नै यिनीमाथि युनाइटेड लोभिएको थियो। यद्यपि यो सिजनमा ग्रीजम्यान आपेक्षाकृत उति चम्किएनन्।

यिनले कोपा डेल कपमा 4, ला लीगामा 16 र च्याम्पियन्स लीगमा 6 गरी कुल 26 गोल गरे। लिजेण्डरी प्रशिक्षक सर एलेक्स फर्ग्युसनले संन्यास लिएपछि पछिल्ला केही सत्रयता दुर्बल देखिएको युनाइटेड युरोपा लीगको फाइनलमा पुगेको छ। एजाक्ससँग भिड़्ने यो फाइनल आउँदो 24 मईको मध्यराति खेलिनेछ। यो फाइनल जिते जोस मोरिन्होको टीमले च्याम्पियन्स लीग खेल्न पाउनेछ। प्रिमियर लीगमा छेटौं स्थानमा रहेपछि लीगमार्फत् च्याम्पियन्स खेल्ने मौका युनाइटेडले गुमाएको छ। यो लीगको शीर्ष तीन स्थानमा रहने टीमले च्याम्पियन्स लीगको मूल चरणमा स्थान बनाउँदछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन