युपीएफले बनायो राज्यपाल प्रसादलाई शान्तिको दुत

Girl in a jacket

गान्तोक, 15 मई। हिमाली राज्य सिक्किमका संविधान प्रमुख अर्थात राज्यपाल गंगा प्रसादलाई दक्षिण कोरिया आधारित गैर राजनैतिक संगठन युनिभर्सल पिस फेडरेशन (युपीएफ)ले शान्ति दुतको सम्मान प्रदान गरेको छ। राजधानीमा युपीएफ आयोजन गरेको अन्तरराष्ट्रिय परिवार दिवस पालन गर्दै मुख्य अतिथिको रूपमा उपस्थित राज्यपाल प्रसादलाई सो सम्मान प्रदान गरेको हो। दक्षिण कोरिया आधारित युपीएफको भारत च्याप्टरले सो सम्मान प्रदान गरेको हो जसमा राज्यको निवर्तमान साँस्कृतिक मामिला धरोहर मन्त्री तथा युपीएफ सिक्किमको अध्यक्ष जीएम गुरुङ अनि राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारीको बाहुलीबाट राज्यपाललाई सम्मान प्रदान गरेको थियो।

यसैगरि शान्तिको लागी युवा अनि विद्यार्थी शिर्षकमा कार्यक्रम शुरुआत गर्दै विश्व परिवार दिवस कार्यक्रम पालन गरिएको थियो जसमा राजधानीका विभिन्न शैक्षिक संस्थानका विद्यार्थीहरूबीच परिवारमाथि वक्तव्य प्रस्तुती प्रतियोगिता आयोजन गरिएको थियो। यसैगरि कार्यक्रममा विश्वलाई शान्तिको आवश्यकता माथि विभिन्न वक्ताहरूले चर्चा गरेका थिए। यसैक्रममा मुख्य अतिथिको आशनबाट बोल्दै  राज्यपाल प्रसादले समाजमा प्रत्येक दिन माता पिताको पुजा अर्चना गर्ने र आर्शिवाद गर्ने अनि प्रत्येक दिन नै मदर डे र फादर डे पालन गरिने गरेको तर विदेशमा भने वर्षमा एक दिनमात्र यस्तो हुने गरेको हुनाले भारतको संस्कार पारिवारिक संस्कारमा रहेको बताए। उनले भारत संयुक्त परिवारमा तीन पीडिसम्म एकै परिवारमा बस्ने संस्कारले बनिएको देश रहेको पनि अवगत गराए। नवजवान र युवाहरूमा पनि संयुक्त परिवारको शिक्षा सबैमा आउनु पर्ने अनि शान्तिको सन्देशलाई शिक्षण प्रणालीमा पनि गरिनुपर्ने अनि विश्वविद्यालय र कलेजहरूमा समेत नाराबाजीको शिक्षा बडिरहेको जुन खतरनाक रहेको बताए। यसैगरि गुरूलाई हेर्ने आदरको दृष्टिलाई निरन्तरता दिनुपर्ने पनि आह्वान गरे। भारतले 21 औं सताब्दिको शान्तिलाई प्रतिनिधित्व गर्ने देश रहेको अऩि भारतले सम्पूर्ण विश्वलाई आफ्नो परिवार मानेको अनि बसुदैव कुटुम्बकमको रूपमा  स्वीकार गरेको कुरा उल्लेख गरे। यसैगरि शान्तिको लागि काम गर्ने युपीएफ

को पहल सराहनीय रहेको पनि बताए। यसैगरि कार्यक्रमलाई सिक्किमका अध्यक्ष जीएम गुरुङ, राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारी र अन्यले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा  वर्ष 2019 को असल परिवार पुस्कार पनि एक परिवारलाई प्रदान गरिएको थियो भने युवाहरूको प्रतिनिधि एवं युपीएफले शान्ति दुतको रूपमा चयन गरेका मानिसहरूलाई सम्मान र प्रमाण पत्र प्रदान गरिएको थियो। यसैक्रममा विद्यार्थी र मुम्बईबाट आएको कलाकारहरूले सांगीतिक प्रस्तुती दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया