हाम्रो छाहरी-मुम्बईले सिक्किमेहरूसित पनि गऱ्यो भेटघाट

गान्तोक, 15 मई। मुम्बई महानगरिमा स्वास्थ्य उपचार, रोजगार र अन्य विषयको खोजीमा पुग्ने हिमाली, पहाडी, डुवर्सेली र तराईवासीहरूको निम्ति एउट ठेगाना, एउटा आश्रय तथा एउटा छहारी जहाँ सबै सुविधा उपलब्ध हुने व्यवस्था गर्न कम्मर कसेका हाम्रो छहारीका प्रतिनिधिहरूले सिक्किमे समाजसेवीहरूसित भेटघाट कार्यक्रम आयोजन गरेर यसको औचित्यबारे जानकारी गरायो। हाम्रो छाहारीका मुख्य संयोजक सकुन सिंह राई, उप संयोजिका स्वास्तिका छेत्री र सल्लाहकार कमल सिंहको उपस्थिति रहेको थियो। भेटघाट कार्यक्रममा सिक्किमको पूर्व मन्त्री तथा समाजसेवी थुकचुक लाचुङपा, सीबी कार्की, नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौडेल, पूर्व डीजीपी सीपी गिरी, यातायात विभागका सचिव एसडी ढकाल समेत विभिन्न गन्यमान्य मानिसहरूको उपस्थितिमा हाम्रो छाहारीले मुम्बई महानगरीमा विभिन्न कामले अर्थात आवश्यकताले त्यहाँ पुग्नेहरूको हेरचाह र विभिन्न जरूरी बन्दोबस्तहरू गर्ने सोच राखेर एउटा भवन निर्माण गर्ने विचार राखे।यसको निम्ति अहिले  डुवर्स, तराई, पहाड र हिमाली भेगहरूको भ्रमणमा रहेको हाम्रो छहारीका प्रतिनिधिहरूले भेटघाटको क्रममा सहयोगको अपेक्षा गर्नका साथै आवश्यक सुझाउहरू लिइरहेका छन्। यसैक्रममा उप संयोजिका स्वास्तिका छेत्रीले हाम्रो छाहारी निर्माणको उद्देश्यबारे प्रकाश पारेकी थिइऩ्। उनले मुम्बईमा बस्दै आएका नेपालीभाषीहरूले आफ्ना समुदायका मानिसहरूको सहयोगको निम्ति  सधैं तयार रहेको अनि त्यसको निम्ति अझ सशक्त अनि संगठीत भएर कार्य गर्ने उद्देश्यले मुम्बईमा गत वर्षदेखि शुरु गरिएको बसिबियाँलो कार्यक्रम अन्तर्गत हाम्रो छाहारीको गठन गरेर मुम्बई पुग्नेहरूलाई आवश्यकताको आधारमा सहयोग गर्न संस्थागत रूपमा प्रयास थाल्ने निर्णय लिएको बताइऩ्। उनले यसलाई सफल बनाउन सबैसित सहयोगको अपेक्षा र सुझाउ मागिरहेको  पनि बताइन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया