विवादित स्टार सिनेमा घर भत्काउने प्रक्रिया आरम्भ विवाद जारी

गन्तोक, 15 मई। हिमाली राज्य सिक्किमको राजधानी गान्तोकको न्यू मार्केटमा रहेको स्टार सिनेमा हललाई भत्काएर नयाँ पूर्वाधार निर्माण गर्ने सरकारको निर्णय़ अऩुसार आजदेखि सिनेमा घर भत्काउने प्रारम्भीक तयारी शुरु भएको छ। बहुप्रतिक्षित यो पुरानो भवन भत्काउने प्रक्रिया शुरु हुने छाँट देखिए पनि विवाद भने जारी नै रहेको छ। आज बुधबार सिनेमा घर भत्काउन मजदुर लिएर पुगेका शहरी विकास तथा आवास विभाग, कानुन तथा आदेश हेर्न पुगेका जिल्ला प्रशासनका प्रतिनिधि तथा पुलिस बल बीच सिनेमा घर भित्र रहेका दोकान र रेस्तराँहरूको सामान निकाल्ने र बोर्डहरू निकाल्ने प्रक्रिया भने शुरु गरिएको थियो। यद्यपी यसै भवनको मुनिल्लो तलामा बस्तै आएका  वासिन्दाहरूले भने विरोध गरे। उनीहरूलाई सरकारले तोकेक भवन पुनर्वासको निम्ति नदिएको तथा जतिलाई दिए त्यो पनि नापेको आकार भन्दा सानो दुइ कोठे फ्ल्याट मात्र प्रदान गरेको भन्दै आफूहरूले भवन नछोड्ने अड्डी कसेको बताए। अर्कोतिर विभगीय अधिकारीहरूले यो भवन 1961 सालमा निर्माण गरिएको अनि अहिले जिर्ण अवस्थामा पुगेको तथा यसलाई  तुरन्तै तोड्नु पर्ने जादवपुर विश्वविद्यालयको विशेषज्ञहरूले रिपोर्ट पनि दिइसकेको विभागीय अधिकारीहरूले बताए। यसका साथै कानुनी प्रक्रिया अनुसार पनि सबै जना तोड्न दिन राजी भएको तथा अहिले केवल तीनजना मात्रा यो भवनमै बस्ने अड्डी कसिरहेको विभागीय अधिकारीहरूले बताए।

यद्यपी वासिन्दाहरूले भने आफूहरू 50 साल भन्दा धेरै लामो समयदेखि बस्दै आएको अनि सरकारले र ठेकादारले सही रूपमा पुनर्वास नगरेको गुनासो गर्दै भवन भत्काउन नदिने अडान प्रस्तुत गरे। यद्यपी प्रारम्भीक चरणको क्रममा मजदूरहरूले बोर्ड र अन्य ढाँचाहरू भत्काउने प्रक्रिया शुरु गरेको छ। उल्लेखनीय छ यो भवन राजाको पालामा निर्माण गरिएको भवन हो भने यहाँ सिनेमा देखाइन्थ्यो जहाँ तत्कालिन छोग्याल स्वयं आफ्नी रानीसित सिनेमा हेर्ने गर्दथे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया