विनय तामाङको जनसभामा आश्वासनहरूको चाङ

दार्जीलिङ, 16 मई


प्रचारप्रसारको अन्तिम दिन निर्दलीय उम्मेदवार विनय तामाङले दार्जीलिङको मोटर स्ट्याण्डमा जनसभा गऱ्यो। जहाँ उनल परानै कुरा दोहोऱ्याए। 31 वटा समस्यालाई 23 महिनामा सामाधान गर्ने, 2020-भित्र पर्जा-पट्टा दिने, अडाई 104 दिनको रोजी चियाश्रमिकलाई दिने, बन्द चियाबगानहरू 1 वर्षभित्र खोलाउने, बिजनबारी खण्डलाई डेढ वर्षभित्र महकुमाको दर्जा दिलाउने, कालेबुङ जिल्लामा तीनवटा महकुमा थप्ने उनका आश्वासनहरू थिए।

उनले विगत गोर्खाल्यान्ड आन्दोलनकालको बाँकी बिजुलीको बीललाई हटाउनको लागि पनि 2 देखि 3 महीनाभित्र अर्डर जारी गर्न लगाउने, दार्जीलिङ नगरपालिकालाई डेढ वर्षभित्र नगरनिगम (महानगरपालिका)-को दर्जा दिलाउने, दार्जीलिङ पहाडको मोठ 857 किलोमिटरको बाटो वा सडक मार्गलाई 2 वर्षभित्र पूर्णरूपले मरम्मति वा पुनः निर्माण गरिसक्ने, सुकेपोखरी र सोनादालाई डेढ वर्षभित्र नगरपालिकाको दर्जा दिलाउने, दार्जीलिङ पहाडी इलाकामा रहेका सरकारी कार्यालय साथै जीटीएका कार्यालयहरूमा रहेका रिक्त पदहरू डेढ वर्षभित्र पूर्ण गरिदिने, मृतक कर्मचारीहरूका 301 जना उत्तराधिकारीहरूलाई 3 देखि 4 महीनाभित्र नियुक्ति प्रदान गर्ने, डेढ वर्षभित्रै दार्जीलिङ पहाडलाई ट्याक्समुक्त क्षेत्र घोषणा गर्न लगाउने जस्ता आश्वासन पनि दिएका छन्।

उनले आफ्नो चुनावी घोषणा यी समस्याहरूको उल्लेख गरेका छन्, जसमध्ये 16 वटा समस्या समाधानको लागि पहल भइरहेको पनि जानकारी गराए। उनले भने-हामी जुन काम गर्नसक्छौं, ती विषयहरूलाई मात्रै यो विधानसभा उपचुनाउको घोषणा पत्रमा सामेल गरेका छौं। किनभने, विधानसभादेखि पञ्चायतको चुनाउसम्मका चुनावी घोषणा पत्रहरूमा अलग राज्य गोर्खाल्यान्डको कुरा उल्लेख गर्नु उचित होइन।

यसैकारण गत लोकसभा चुनाउको समय गोजमुमो समर्थित तृणमूल कंग्रेस उम्मेद्वार अमरसिंह राईको चुनावी घोषणा पत्रमा हामीले गोर्खा जातिको राष्ट्रिय परिचय र सुरक्षाको मुद्दालाई सामेल गरेका थियौं।

किनभने, गोर्खा जातिको राष्ट्रिय चिन्हारी र सुरक्षाको लागि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले वचन दिएकी छन् अनि यो मुद्दा केन्द्र सरकारसित सम्बन्धित रहेको कारण हामीले चिन्हारीको कुरालाई लोकसभा चुनाउको समय उठाएका हौं अनि आफ्नो घोषणा पत्रमा पनि सामेल गरेका थियौं। यसैले यस विधानसभाको उपचुनाउमा राज्यसित सम्बन्धित अनि राज्य सरकारले गर्नसक्ने र दिनसक्ने मुद्दा वा मागहरूलाई नै आफ्नो घोषणा पत्रमा सामेल गरेका हौं।

यसरी नै गोजमुमो अध्यक्ष तामाङले दार्जीलिङ पहाडमा ग्रामीण पर्यटनलाई विकसित तुल्याउने, स्पोर्टस् एकाडेमी स्थापना गर्ने, विभिन्न स्थानमा अग्निशमन केन्द्रको स्थापना गर्ने पनि वचन दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया