इङ्ग्ल्याण्ड आतङ्की हमला, 20 -को मृत्यु, 50 घाइते

एजेन्सी म्यानचेस्टर, 23 मई।


सोमबार राति प्रायः 10:35 इङ्ग्ल्याण्डमा आतङ्की हमला भएको छ। यो ठूलो आतङ्की हमला परी 20 जनाको मृत्यु भएको छ भने 50 भन्दा अधिक घाइते भएका छन्। यो घटना इङ्ग्ल्याण्ड राजधानी लण्डनको म्यानचेस्टर एरिनामा भएको छ। पप सिङ्गर अरियाना ग्राण्डेको कन्सर्टपछि यो आतङ्की हमला भएको हो। प्रत्यक्षदर्शीहरू दुइवटा शक्तिशाली विस्फोट भएको बताए। पुलिसले घटनाको पुष्टि गर्दै यसलाई आतङ्की हमला बताएको छ भने मानिसहरूलाई घटनास्थलबाट टाढ़ा बस्ने निर्देश दिएको छ।

पुलिसले यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर खाली गरेको छ। आतङ्की हमलापछि यो इङ्ग्ल्याण्ड हाइअलर्ट जारी गरेको छ। हमलाको ब्रिटिश प्रधानमन्त्री टेरिसाले निन्दा गर्दै दोषीहरूविरुद्ध कठोर कार्वाही गर्ने बताएकी छन्। गायिका अरियानाका प्रवक्ताअनुसार यी 23 वर्षीया गायिका सुरक्षित छन्। पुलिसले घटास्थल नजीक नरहेका रेलवे स्टेशन, र भिक्टोरिया स्टेशनलाई खाली गरेको छ भने सबै रेलहरूको आवगमन रद्द गरिदिएको छ। यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो आतङ्की हमलाको तीखो शब्दमा निन्दा गर्दै शोकित परिवारप्रति समवदेना प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन