भाजपाको बहुमतको सरकार बन्ने

प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहले लोकसभामा ३ सय बढी सिट जित्दै दुई तीहाइ बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

लोकसभा चुनावको छैटौ चरणको मतदान सम्पन्न भइसकेपछि मोदी र शाहको यस्तो भनाई आएको हो ।

‘पाँचौ र छैटौं चरणको चुनावपछि भाजपाले बहुमत ल्याउने स्पष्ट भइसकेको छ । सातौं चरणको चुनावपछि ३ सय सिट कट्छ,’ शाहको दाबी छ । प्रधानमन्त्री मोदीले पनि शाहकै जस्तो दाबी गरेका छन् ।

पश्चिम बंगालको एउटा चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘भाजपाले यो राज्यको ४२ मध्ये बहुमत सिटमा विजयी हुँदै समग्रमा ३ सयभन्दा बढी सिट जित्छ ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया