गुफामा मोदी

धानमन्त्री नरेन्द्र मोदी ध्यान गर्नका लागि भन्दै गुफा पसेका छन् । शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि उनी शनिबार बिहानै उत्तरखण्डमा पुगेका थिए । तीर्थस्थल केदारनाथको दर्शन गरिसकेपछि उनी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेका हुन् । प्रधानमन्त्री भएपछि मोदीको यो चौथो केदारनाथ भ्रमण हो । उनको तस्बिर भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि विभिन्न टिक्काटिप्पणीहरु आइरहेका छन्। ‘ध्यान कुटिया’ नाम गरेको उक्त गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने ‘द हिन्दुस्तान टाइम्स‘ले उल्लेख गरेको छ। भारतीय लोकसभाको मतगणना मे २३ तारिखबाट सुरु हुँदै छ।

शुक्रबार मोदीले प्रधानमन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलनसमेत गरेका थिए। पत्रकार सम्मेलन गरेपनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिएको भन्दै उनको आलोचना भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया