परेशको ट्वीटलाई पत्तो दिइनन् अरुन्धतिले

एजेन्सी, 23 मई 2017


अहिले लेखिका अरुन्धति रोयको नाम काडेर ट्वीट गर्ने अभिनेता परेश रावल चर्चामा छन्। यता लेखिका अरुन्धतिले भने रावललाई भाव दिइरहन अनिवार्य नरहेको बताएकी छन्।


 Follow 

 Paresh Rawal 

✔@SirPareshRawal

Instead of tying stone pelter on the army jeep tie Arundhati Roy !


रावलले गरेको विवादित ट्वीटबारे आफू बोल्न नभ्याउने र आफू आउन लागेको किताबको काममा नै व्यस्त रहेको भन्दै अरुन्धतिले भनेकी छन्, ‘म किताबको काममा व्यस्त छु, यो कुरालाई म अझ बढाउन चाहँदिन।’

उनको नयाँ उपन्यास  ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पीनेस’  जून महिनामा सार्वजनिक भइरहेको छ। अभिनेता परेश रावलले ट्वीट गर्दै भनेका थिए “पत्थरबाजीलाई आर्मीको जीपमा बाँध्नुको साटो अरुन्धति रोयलाई बाँध्नु पर्थ्यो”।

रावलको यो ट्वीटमा दस हजारभन्दा धेरैले रिट्वीट गरेका छन्। लगभग 20 हजारले लाइक गरेका छन् भने यसको आलोचना पनि भइरहेको छ।

रावलले ट्वीट गरेको केही घन्टापछि खबर आयो, कश्मिरी युवकलाई जीपको बोनटमा बाँध्ने सेनाका मेजर लितुल गोगोईलाई सेनाध्यक्ष आतङ्ककवाद विरुद्ध लडेकोमा अवार्ड दिन चहान्छन्। त्यसपछि नै सोसल मिडियामा यसबारे चर्को चर्चा चलिरहेको थियो। यसै शिलशिलामा रावलले पनि ट्वीट गरेका हुन्।

रावलले ट्वीट गरेको केही समयपछि केही पाकिस्तानी च्यानलहरूले भन्यो, युवकलाई जीपमा बाँधेको घटनापछि अरुन्धति कश्मिर पुगेकी थिइन् अनि पाकिस्तानको समर्थनमा वयान दिएकी थिइन्।

‘यी सबैकुरा झुटो हो, यसबीच म कश्मिर नै गएकी छैन,’ अरुन्धतिले भनेकी छन्, ‘म त आउनेवाला किताबलाई लिएर उत्सुक छु, जुन किताब जुन महिनामा संसारको 30 देशमा एकैचोटि रिलिज हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन