उम्मेदवारहरूले हाले भोट: कसले के भने त?

‘चुनाव त आउँछ जान्छ तर यहाँ सबैले शान्ति बनाएर राख्नुपर्छ’, उनले भने, ‘हामीले दुश्मनीको भावना लिनुहुँदैन। जनताले जसलाई चुन्छ ती नै सर्वोपरी हुन्।’


दार्जीलिङ, 19 मई


अमरसिंह राईले राजिनामा दिएपछि दार्जीलिङको विधानसभा आसनको लागि चल्तीका नेताहरू भिडेका छन्। आज बिहान 11.30 देखि विधानसभा उपचुनाउ सम्पन्न भइरहेको छ। 321 वटा मतदान केन्द्रहरू चुनाउ भइरहेको छ।

चुनाउमा निर्दलीय प्रार्थीका रूपमा स्वाराज थापा,  भाजपा प्रार्थी निरज जिम्बा, निर्दलीय प्रार्थी विनय तामाङ, जनआन्दोलन पार्टीका अमर लामा, निर्दलीय शारदा सुब्बा राई अनि कामपाका केबी वातरबीच  भीडन्त छ।

सबै उम्मेदवारहरूले आफ्नो मत खसाली सकेका छन्। तर यसैबीच उम्मेदवारहरूले एकार्कालाई दोषारोप शुरु गरेका छन्।

स्वाराज थापाले निरज जिम्बा र विनय तामाङले चुनाउ आचार संहिता उलङ्घन गरेको आरोप कसेका छन्।उनले चुनाउ आयोगमा गुनासोसमेत दर्ता गरेका छन्।

समुहले चुनाव आचार संहिता उल्लंघन गरेको आरोप लगाउँदै चुनाव आयोगमा अभियोग दर्ता गरेका छन्।

‘बुथ भ्रमणक्रममामैले देखें ठाउँहरूमा भाजपाका बुथ एजेन्टहरूले संहिता उल्लङ्घन गरेका छन्। निरज जिम्बा त अझ  आफ्नो चुनाउ चिन्ह भएको वाहनमा हिँडिरहेका छन्। बुथ एजेन्टहरूले पनि बुथभित्रै भाजपाको चिन्ह भएको परिचय पत्र लगाएर बसेका छन्,’ थापाले भने,  ‘यो चुनाव आचार संहिताको उल्लङ्घन हो। मैले चुनाव आयोगसमक्ष लिखित अभियोग दर्ता गरेको छु।’

यता विनय तामाङका समर्थकहरूले पनि दार्जीलिङ ब्लूमफिल्ड पुलिङ बुथ नजिक विनय तामाङको चुनाव चिन्ह लिएर बुथ नजिक बसिरहेको उनको आरोप छ।

यता जिम्बाले आफ्नो जित निश्चित रहेको ठोकुवा नै गरे। ‘मैले जित्नु भनेको पहाडले जित्नु हो,’ उनले भने, ‘निष्पक्ष चुनाउ भयो भने म धेरै मतले जित्नेछु।’

अमर लामाले आफ्नो मतदान केन्द्रमा केन्द्रिय बलको साटो पुलिस बसिदिएको बताएका छन्। ‘कुनै पनि मनपरी नहोस्,’ उनले भने, ‘सचेत भोट हाल्नुहोस्।’

विनय तामाङले पनि आफ्नो जित रहेको ठोकुवा गरे।  यद्धपि उनले चुनाउबारे होइन चुनाउपछिको कुरा गरेका छन्।  ‘चुनाव त आउँछ जान्छ तर यहाँ सबैले शान्ति बनाएर राख्नुपर्छ’, उनले भने, ‘हामीले दुश्मनीको भावना लिनुहुँदैन। जनताले जसलाई चुन्छ ती नै सर्वोपरी हुन्।’

तामाङको मत छ,  राजनैतिक दलहरूले चुनावलाई भन्दा धेर भाइचारा कायम राख्ने कुरामा ध्यान दिइनुपर्छ। तृणमूल कङ्ग्रेसविरुद्ध विद्रोही गरी स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा सुब्बाले पनि आफ्नो जीत निश्चित रहेको दाबी गरेकी छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया