चर्चित बन्दै सोनु-को भन के गरूँ

गैरीबास, 19 मई


गैरीबासको46 धुराका नवोदित गायक सोनु सुनवारले आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन्। नेपालको बुढासुब्बा डिजिटल प्रावेट लिमिटेडको युट्युब च्यानलमा हिजोमात्र उनको गीत हालिएको हो। भन के गरुँ, बोलको सोनुको स्वरमा सजिएको छ। नेपाल निवासी पिठाकोटे साइकोको शब्द र धुनमा रहेका गीतमा सोनुले स्वर दिएका हुन्। सोनुले यस अघि पनि केही एल्बममा आफ्नो स्वर दिइसकेका छन्।
दलगाउँ होलसेल गाउँका सङ्ग्राम सोताङको निर्देशनमा बनिएको म्यूजिक भिडियोमा निशान्त गुरूङ अनि सुइलिन थापाले अभिनय गरेका छन्।

साइको पिठाकोटे र जीवनप्रकाश प्रधानको संयोजन रहेको गीतमा सुमन भुजेलको छायाङ्कन छ। युट्युबमा आउने वित्तिकै युवा पुस्ताले निक्कै सकारेर टिप्पणी गरिरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया