अन्तर विद्यालय भलिबल: रकभेल अनि ग्रीनलन विजय

 कालेबुङ, 19 मई


कालेबुङ डान्सवर्ग क्लबद्वारा सम्पन्न अन्तर स्कूल भलिबल प्रतियोगिताको छात्रवर्गमा कालेबुङको रकभेल एकाडेमी अनि छात्रावर्गमा सौरेनी ग्रीनलन स्कूल विजय बनेको छ। रकभेल एकाडेमीले कालेबुङलको एसयूएमआई स्कूललाई हराएर 22 डान्सवर्ग अन्तर विद्यालयको ट्रफी हत्याउन सफल बनेको छ। यसरी नै महिलावर्गमा सौरेनीको ग्रीनलन स्कूलले दार्जीलिङको ज्ञानोदय निकेतनलाई हराएर 17 औँ डान्सवर्ग अन्तर विद्यालय ट्रफी आफ्नो नाम गरेको छ।

आज सम्पन्न फाइनल खेलमा मुख्य अतिथिका रूपमा ओरेन्स लेक स्कूल मिरिकका प्राचार्य साम्देन छिरिङ शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा फूटबल खेलाडी नादोङ भोटिया, ग्रीन लन स्कूलका निर्देशक आईएस प्रधान, रकभेल एकाडेमीका प्राचार्य प्रकाशमणि प्रधान, एसयूएमआईका स्कूलका प्राचार्य जगत राई आदि उपस्थित थिए।

यसै क्रममा देशका विभिन्न क्लबहरूसित जोडिएर राष्ट्रिय स्तरमा फूटबल खेलिरहेका कालेबुङका नादोङ भोटियालाई डान्सवर्ग क्लबद्वारा सम्बर्द्धना पनि जनाइयो। विजय दललाई अतिथिहरूद्वारा ट्रफी, मेडल अनि प्रमाण-पत्र प्रदान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया