सिक्किममा एसडीएफले छैटौंपल्ट बहुमतले सरकार बनाउँदैछः पीडी राई

गान्तोक, 20  मई। सिक्किमको विधानसभा र लोकसभा चुनाउको परिणामले सत्तारूढ एसडीएफ पार्टीले मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा छैटौं पटक बहुमतले सरकार गठन गर्ने निश्चित रहेको निवर्तमान लोकसभा सांसद तथा प्रवक्ता पीडी राईले ठोकुवा गरेका छन्। राज्यको दुईवटा चुनाउ बारे आएको एग्जिट पोल बारे प्रतिक्रिया गर्दै आयोजित  पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता राईले यसपालि घटिमा 26वटा आसनमा एसडीएफले जीत दर्ता गर्ने बताए।

राष्ट्रीय स्तरमै विभिन्न एजेन्सीहरूले गरेको सर्वेक्षणमा एसडीएफकै सरकार बनिने आँकडा अघि आएको तथा एसडीएफ पार्टीले चुनाउ पछि गरेको एग्जिट पोलको सर्वेक्षणले पनि सिक्किममा एसडीएफ पार्टी र मुख्यमन्त्री पवन चामलिङको नेतृत्वले ऐतिहासिक जीत दर्ता गरेर छैटौं पल्टको सरकार गठन गर्ने सुनिश्चित भएको आँकडा अघि आएको जनाए।

यद्यपी केही राष्ट्रिय सञ्चार माध्यमहरूले विपक्षी दल एसकेएमको लोकसभा उम्मेद्वारले जित्ने दावी गरेको कुरालाई त्यो केही एजेन्सीहरूलाई विपक्षी दलले भ्रमपूर्ण डेटा दिएर अल्मलाएको हुनसक्ने अनि एसकेएमले नै त्यस्ता सर्वे गर्नेहरूलाई विवाद खडा गरेको पनि आरोप लगाए। एसडीएफका लोकसभा उम्मेद्वारले राम्रै अन्तरले विजय हाँसिल गर्ने दावी गर्दै पछिल्लो चुनाउमा पनि आफू स्वयं उम्मेद्वार रहँदा पीडी राईको हार निश्चित छ भन्ने कुराहरू अघि आएपनि 42 हजार मतले जितेर अघि आएको कुराले स्पष्ट गर्ने बताए।

उनले योपालि एसडीएफले पछिल्लोपल्ट गुमाउनुपरेको सम्मानजनक संघ आसनमा पनि राम्रो मतले जित दर्तागर्ने विषयमा पार्टी विश्वस्त रहेको बताए। उनले 26वटा आसनमा एसडीएफको जीत निश्चित रहेको तथा त्यसभन्दा बडी आसनहरूमा एसडीएफले जनताको विश्वास जितेर सरकार गठन गर्ने सुनिश्चित भइसकेको पनि दावी गरे। उनले यसपाली पछिल्लो पल्टभन्दा विपक्षीको आसन घट्ने निश्चित रहेको पनि बताए। अर्कोतिर विपक्षी दल एसकेएमले पनि आफ्नो सरकार बनाउने दावी गरेको विषयमा प्रतिक्रिया गर्दै अब तीन दिन भित्रमा सिक्किमे जनताले विश्वास गरेको पार्टीले सरकार बनाउने र नयाँ रेकर्ड स्थापित गर्ने कुराको खुलासा भइहाल्ने भएको हुनाले अन्तिम समयसम्म पनि जनतालाई भ्रममा पार्ने काम पनि विपक्षी दलले गरिरहेको मात्र हो भन्ने मन्तव्य व्यक्त गरे।

अर्कोतिर उनले योपाली एसडीएफको जित भनेको पार्टीको नेतृत्व र पार्टीलाई श्रेय जाने भएकोले यो जीत सिक्किमे जनताले नेतालाई विश्वास गरेर उनको नेतृत्वलाई स्विकारेर प्रदान गरेको जनादेश सिद्ध हुने पनि बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया