‘जसरी हुन्छ यो वर्षभित्र जीटीए चुनाउ हुनुपर्छ’

‘यदि विनय तामाङले दार्जीलिङ विधानसभाको उपचुनाउ जितेको खण्डमा पहाडबासीले विमल गुरुङलाई होइन तर विनय तामाङलाई नै नेता मान्छन् भन्नेकरा स्पष्ट हुन्छ’-लेप्चाले भने, ‘विनयले जित्नु भनेको विमल गुरुङको सेन्टिमेन्टमा जनता छैन भनेर प्रमाणित हुनु हो।’


कालेबुङ, 21 मई


‘सायदै केन्द्रमा भाजपाकै सरकार बनिन्छ कि भन्ने परिस्थिति देशभरि नै छ। तर भाजपाले पहाडबासीलाई आजसम्म विश्वासघात गर्दै आएको छ। यसैले निश्चय नै गोजमुमो अथवा गोजमुमोले समर्थन गरेको प्रार्थीले नै जित्छ भन्ने  हाम्रो अडान थियो अनि त्यो अडानमा नै हामी अडिक छौँ।’

चुनाउको परिमाण आउन ठिक दुइदिन अघि आज गोजमुमो कोर कमिटीका सदस्य रुदेन लेप्चाले उपरोक्त कुरा भनेका हुन्।

गोजमुमो विनय तामाङपक्षलाई लागेको छ, लोकसभा चुनाउमा पहाडले सकारात्मक परिणाम पाउने कुरामा मोर्चा आश्वस्त छ। दार्जीलिङमा विधानसभाको उप-चुनाउ अझ सत प्रतिशत विनय तामाङले नै जित्ने कुरामा पनि मोर्चा आश्वस्त छ।

‘यदि विनय तामाङले दार्जीलिङ विधानसभाको उपचुनाउ जितेको खण्डमा पहाडबासीले विमल गुरुङलाई होइन तर विनय तामाङलाई नै नेता मान्छन् भन्नेकरा स्पष्ट हुन्छ’-लेप्चाले भने, ‘विनयले जित्नु भनेको विमल गुरुङको सेन्टिमेन्टमा जनता छैन भनेर प्रमाणित हुनु हो।’

विनय तामाङ हारे के हुन्छ? भन्ने प्रश्नमा उनले प्रजातन्त्रमा जीत-हार दुवै स्वीकार गर्न सक्नुपर्ने अनि त्यसै चुनौतीलाई पहिलेबाटै स्वीकार गरेर विनय तामाङले चुनाउ लड्ने जोखिम उठाइसकेको बताए।

उनलाई लाग्छ, यदि दार्जीलिङ लोकसभा समष्टिको मत भाजपाकै पक्षमा गएपनि त्यो मत कसलाई गएको हो भनेर छुट्याएर हेर्नुपर्छ। त्यो भोट कसको लागी हो। त्यो भोट भाजपाको हो? कि गोरामुमोको हो? कि विमल गुरुङको हो?

यदि दार्जीलिङको उपचुनाउमा विनय तामाङले जिते विनय तामाङलाई नै पहाडले नेता मानेको स्पष्ट हुने अनि लोकसभामा भाजपाले जिते त्यो गोरामुमो अनि गोजमुमोलाई नभएर मोदी लहरको कारण भाजपाले जितेको हुने लेप्चाले दावी गरे।

‘लोकसभा चुनाउ अनि दार्जीलिङको उपचुनाउमा अलग-अलग तरिकाले मतदान भएको छ भन्ने हाम्रो बुझाइ छ’-लेप्चाले भने, ‘यदि लोकसभा चुनाउ भाजपाले जित्छ अनि दार्जीलिङ विधानसभाको उपचुनाउ विनय तामाङले जित्छन् भने यसबाट स्पष्ट सन्देश जान्छ कि मोदी लहरको कारण भाजपाले जितेको हुनसक्छ तर विमल गुरुङको सेन्टिमेन्टले जितेको हुँदैन।’

एक प्रश्नको उत्तरमा उनले चुनाउको परिणाम जस्तै आएपनि पहाडी क्षेत्रबाट गोजमुमो-तृणमूलको गठबन्धनले प्रचण्ड बहुमत पाउने भएका कारण आउने दिनमा पनि पहाडमा गोजमुमोकै वर्चस्व हुने दावी गरे।

यसै क्रममा उनले यो चुनाउपछि यसै वर्ष जीटीए चुनाउ हुनुपर्छ भन्ने मोर्चाको माग रहेको बताए।

‘हामी चाहन्छौँ, जसरी हुन्छ यो वर्षभित्र जीटीए चुनाउ हुनुपर्छ अनि जीटीए बहुमतको सरकारले चलाउनुपर्छ’-लेप्चाले भने, ‘चाहे गोजमुमो, गोरामुमो, तृणमूल अथवा भाजपा नै किन नआवोस् तर पूर्ण निर्णय गर्नसक्ने स्थायी व्यवस्था होस् भन्ने मोर्चा चाहन्छ।’

लोकसभा अनि विधानसभाको उपचुनाउ शान्तिप्रिय ढङ्गमा सम्पन्न हुनसकेकोले पहाडमा कुनैपनि प्रकारको चुनाउ गराउनकिने सन्देश गएको कारण जीटीए चुनाउ पनि सम्भव रहेको अनि राज्य सरकार पनि जीटीए चुनाउ गराउन आग्रही रहेको लेप्चाले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया