
‘उम्मेदवार म्यानेजिङ कमिटीहरूले नै सिफारिस गरेका हुन्। उम्मेदवार उनीहरूले नै चुनेका हुन्। भाइभतिजावाद भएको छ भने प्रशासनिकरूपमा त्यसको जिम्मा हामी लिन सक्दैनौं। म्यानेजिङ कमिटीले नै त्यसले जिम्मा लिन पर्छ,’ लेप्चाले भने, ‘त्यो लिष्ट म्यानेजिङ कमिटीले नै पठाएको हो। जिटिएले त त्यसैलाई अघि बढाएको मात्र हो।’
सिलगढी, 22 मई
शिक्षक नियुक्तिबारे गोजमुमो प्रवक्ता बीपी बजगाईँले जुन खुलासा गरे, त्यसबारे विनय खेमाबाट एकै शब्द पनि प्रतिक्रिया आएन। यद्यपि, सन्दर्भबस खोजखबरको अन्तवार्तामा विनय खेमा मोर्चाका केन्द्रिय सदस्य रुदेन लेप्चाले भने निर्धक्क मुख खोलेका छन्।
उनले भर्खरै गीतडाब्लिङमा भएको नियुक्तिमा पनि यस्तै भाइभतिजावाद चलेको अनि त्यसबारे मुद्दासमेत चलेको उदाहरण दिँदै अहिले जिटिएलाई धाँधली गरेको, मनोपोली गरेको, भाइभतिजावाद गरेको भनेर लागिरहेको आरोपमा कुनै दम नभएको लेप्चाले जनाएका छन्।
उनले स्पष्टरूपले जिटिएले होइन म्यानेजिङ कमिटी नै भाइभतिजावादका दायी हुने जनाएका छन्।
‘शिक्षक नियुक्ति जिटिए प्रशासनले होइन हरेक स्कूलको म्यानेजिङ कमिटीले गर्ने हो। जिटिएले त त्यही कुरा ‘माथि’ पुऱ्याइदिने मात्र हो,’ लेप्चाले भने, ‘भाइभतिजावाद गर्न जिटिएले माथिबाट थोपेको छैन। नियुक्ति पाउने भोलेन्टियर हो होइन, जिटिएलाई थाहा छैन, म्यानेजिङ कमिटीलाई थाहा छ। नियुक्तिमा भाइभतिजावाद छ भने त्यसमा जिटिए दायी छैन, म्यानेजिङ कमिटीहरू नै दायी छन्।’
लेप्चाअनुसार नियुक्तिका नाम सिफारिस गर्ने म्यानेजिङ कमिटी नै हो। उनीहरूले नै उम्मेदवार चुनेका हुन्। त्यहीँ गडवडी छ भने त्यसको जिम्मेवारी जिटिएले लिन नसक्ने उनको स्पष्ट अडान हो।
‘उम्मेदवार म्यानेजिङ कमिटीहरूले नै सिफारिस गरेका हुन्। उम्मेदवार उनीहरूले नै चुनेका हुन्। भाइभतिजावाद भएको छ भने प्रशासनिकरूपमा त्यसको जिम्मा हामी लिन सक्दैनौं। म्यानेजिङ कमिटीले नै त्यसले जिम्मा लिन पर्छ,’ लेप्चाले भने, ‘त्यो लिष्ट म्यानेजिङ कमिटीले नै पठाएको हो। जिटिएले त त्यसैलाई अघि बढाएको मात्र हो।’
यद्धपि नियुक्तिबारे दोषारोप हुनैसक्ने उनले जनाए। उनले त्यसलाई पोलिटिकल स्टन्टको संज्ञा पनि दिए र धाँधली, मनोपोली, भाइभतिजावाद जिटिएले पटक्कै नगरेको स्पष्टिकरण पनि दिए।
‘जिटिएले ‘यसो गर’ भनेर थोपेको छ भने त्यसको जिम्मेवार पनि म्यानेजिङ कमिटी नै हो। म्यानेजिङ कमिटीले नै जिटिएले ‘थोपेको’ छ भने उजागार गर्नुपर्छ,’ लेप्चाले सारा जिम्मेवारी म्यानेजिङ कमिटीमाथि यसरी खन्याए।