‘हामीलाई जनताले रुचाएनन्’

अमरसिह राई र विनोय तामाङको हारलगत्तै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल तामाङले उनीहरूलाई जिटीएबाट राजिनामा दिनुपर्ने माग गरेका छन्। ‘जिटिएलाई लिएर जे पनि गर्छ, त्यो राज्य सरकारले नै गर्छ,’ विनय तामाङले भने।


दार्जीलिङ, 23 मई


तृणमूल काङ्ग्रेसका उम्मेदवार अमरसिंह राईले आफ्नो हार स्वीकार गरेका छन्। ‘जनताले हामीलाई रुचाएनन्। म यसलाई स्वीकार्छु,’ राईले भने, ‘मेरा मुद्दाहरू जनताले रुचाएनन्।’ अमरसिंह राईले विधायक पदबाट राजीनामा दिएर लोकसभा चुनाउमा तृणमूल काङ्ग्रेसका उम्मेदवार बनेका थिए। उनले दार्जिलिङका चिया श्रमिकहरूलाई पर्जापट्टा प्रदान गर्ने अनि गोर्खाहरूको चिन्हारीको मुद्दा समाधान गर्ने मुद्दा अघि ल्याएका थिए।

यता भारतीय जनता पार्टीका उम्मेदवार राजु विष्टलाई दार्जिलिङका अधिकांश दलहरूले समर्थन गरेका थिए। जसको चुनावी घोषणापत्रमा गोर्खाहरूको 11 जातलाई जनजातिको मर्यादा दिने अनि गोर्खाहरूको समस्याको स्थायी र राजनैतिक सामाधान गर्ने प्रतिबद्धता उल्लेख गरिएको थियो।

2017 को छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सम्झौतामा लगेपछि पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्याण्ड क्षेत्रीय प्राधिकरण (जिटीए) मनोनित प्रशासन बनाएका विनोय तामाङले पनि आफ्नो हार स्वीकारे।

‘हामी हारे पनि तृणमूल कंग्रेससित हाम्रो गठबन्धन जारी रहनेछ। राज्य सरकारसितको सम्बन्ध पनि सुमधुर रहनेछ,’ तामाङले भने, ‘जनता हामीसित कुन कुरामा खुसी छैन, त्यो केन्द्रिय समितिको बैठकमा चर्चा गर्नेछौं अनि आगामी रणनीति तय गर्नेछौं।’

अमरसिह राई र विनोय तामाङको हारलगत्तै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल तामाङले उनीहरूलाई जिटीएबाट राजिनामा दिनुपर्ने माग गरेका छन्। ‘जिटिएलाई लिएर जे पनि गर्छ, त्यो राज्य सरकारले नै गर्छ,’ विनय तामाङले भने।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया