दार्जीलिङमा विमल गुरुङकै वर्चस्व : ‘विनोय तामाङहरूको गद्दारीको जवाब पनि जनताले दिएका छन्’

‘गोर्खा जाति आत्मस्वाभिमान बेचेर ममता व्यानर्जीजस्ता तानाशाहको खुट्टामुनि बाँच्ने जाति होइनन्,’ गुरुङले खबरम्यागजिनसित भनेका छन्, ‘गोर्खा जाति र मुद्दाको सुरक्षा गर्न जान्दछन्। म सबै स्वाभिमानी जनतालाई आभार प्रकट गर्न चाहन्छु।’


दार्जीलिङ, 23 मई


दार्जीलिङमा विमल गुरुङकै वर्चस्व रहेको चुनावी नतिजाले स्पष्ट पारेको छ। दार्जीलिङका जनताले विमल गुरुङको पछिल्लो अडानमाथि विश्वास गरेको पनि स्पष्ट भएको छ। गुरुङले राजु विष्ट र निरज जिम्बाको जितलाई बङ्गाल सरकार एवं ममता व्यानर्जीको तानाशाहको जवाबकोरूपमा व्याख्या गरेका छन्। ‘हाम्रा 11 जना आन्दोलनकारीहरूलाई गोली ठोक्ने अनि आन्दोलन दबाउन झुटो मुद्दा लगाएर आन्दोलनकारीहरूमाथि बङ्गालले गरेको पुलिसी अत्याचारको जवाब जनताले फर्काएका छन्,’ विमल गुरुङले भनेका छन्, ‘विनोय तामाङहरूको गद्दारीको जवाब पनि जनताले दिएका छन्।’

गुरुङअनुसार यसपालि दार्जीलिङको चुनाउ जातीय स्वाभिमान र जाति विरोधीहरूबीचको कठोर सङ्घर्षबीच  सम्पन्न भयो। एकातिर मुद्दा प्रेमी, अर्कोतिर मुद्दा बिरोधीबीच भएको चुनाउमा जातिप्रेमीहरूकै जित भएको छ।

ममता व्यानर्जीले षडयन्त्रपूर्वक अनेकौं गैरकानूनी मुद्दा थोपेपछि विमल गुरुङ भूमिगत बनेका हुन्। विमल गुरुङ भूमिगत बनेकैले मुद्दा र जातिप्रेमी लहर दार्जीलिङमा कायम बन्न सक्यो। विमल गुरुङ भूमिगत नहुनु हो दुवै चुनाउको जित निश्चित थिएन।

पार्टीका अध्यक्ष भूमिगत बनेको मौकाको फाइदा उठाएर विनय तामाङ अनि अनित थापाले आन्दोलनमा जिटिएमा नै सम्झौता गरेपछि पहाडमा पुलिसी दमन अत्याधिक बढेको थियो।

धेरै आन्दोलनकारीहरूको घरलाई गैरकानूनीरूपमा कुड्की गर्नु पहाडका जनतालाई खट्किएकै थियो। गोर्खाल्याण्ड भन्नेहरूलाई जबरजस्ती विनय खेमामा लाग्नुपर्ने बाध्यता पुलिसलगाएर खडा गरेपछि धेरै गोर्खाल्याण्डप्रेमी रुष्ट बनेकै थिए।

एक त चलिरहेको आन्दोलन जिटिएको लागि सम्झौता गरेकोले विनय तामाङ जनताको मनमा जातिकै ‘महान गद्दार’-कोरूपमा अङ्कित बनिसकेकै थिए, त्यहीँमाथि जिटिएको चौकीमा पुग्ने वित्तिकै जनतालाई धम्की दिने, पुलिस लगाउने, पक्राउ गराउने र अनेकौं विकासको काममा धाँधली गर्ने प्रवृत्तिले पनि राम्रो छाप छोडेन।

जनताले त्यसैको जवाब विनय तामाङहरूलाई दिएको विमल गुरुङले जानएका हुन्।

‘आफ्ना मानिसहरूलाई मुद्दा लगाएर पहाडबाट लखेट्ने, आन्दोलनकारीहरूलाई गोली ठोक्नेहरूको पक्षमा उभिने र पुलिसको आडमा अत्याचार गर्ने विनय तामाङलाई जनताले सबक सिकाएका हुन्,’ गुरुङले भनेका छन्।

आफू भूमिगत बनेर पनि मुद्दा र जातिको लागि आफूले 22 महिनादेखि अनेकौं समस्या झेलेर पनि प्रतिबद्ध बनेर सेवा पुऱ्याइरहेको कुरालाई जनताले सम्मान गरेको पनि गुरुङको भनाई छ।

‘गोर्खा जाति आत्मस्वाभिमान बेचेर ममता व्यानर्जीजस्ता तानाशाहको खुट्टामुनि बाँच्ने जाति होइनन्,’ गुरुङले खबरम्यागजिनसित भनेका छन्, ‘गोर्खा जाति र मुद्दाको सुरक्षा गर्न जान्दछन्। म सबै स्वाभिमानी जनतालाई आभार प्रकट गर्न चाहन्छु।’

गुरुङले पहाडमा विनय तामाङहरूको वर्चस्व नरहेको पनि बताएका छन्। ‘यो चुनाउले पहाडमा जाति र मुद्दाकै वर्चस्व रहेको स्पष्ट भइसकेको छ,’ उनले भनेका छन्, ‘नैतिकताको आधारमा जनताले नरुचाएको जिटिएबाट उनीहरूले राजिनामा दिउन्।’

उनले चुनाउमा जित हासिल गराउने सबै दल, बुद्धिजीवी, जनताप्रति आभार प्रकट गरेका छन्।

उनले अबको दिनमा पहाडका सबै दल र जनता एकबद्ध बनेर दिल्लीमा काम गर्नुपर्ने पनि जनाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया